एकाबिहानै चट्याङ लागेर एकैघरका ३ जनासहित ४ घाईते ! घाईतेको शरीर जलेर थिलथिलो

Leaderboard Banner

 काठमाडौँ । आज एकाबिहानै उदयपुरमा चट्याङ लागेर एकै परिवारका ३ जनासहित ४ जना घाईते भएका छन्। मंगलबार बिहान ३ बजे वर्षासँगै परेको चट्याङ लागेर जील्लाको ताप्ली गाउँपालिका १ शाहीडाँडाका ५१ वर्षीय सागरनाथ सुनुवार, बुहारी २९ वर्षीया इच्छा र नाति ७ वर्षीय सुशील घाइते भएका हुन्।

घरमै सुतिरहेका बेला पानीसँगै परेको चट्याङले उनीहरुलाई  लागेको थियो। चट्याङ लागेर घाइते उनीहरु बोल्न नसक्ने  छन्।  त्यस्तै आज बिहान साढे दुई बजे कटारी नगरपालिका ९ बतासे की  १३ वर्षीया अस्मिता कार्कीलाई पनि चट्याङले हानेर गम्भीर घाइते भएकी छन् ।

उनीहरुको कटारीमा उपचार हुन नासकेपछि विराटनगर गरिएको छ। चट्याङबाट घाईते अस्मिताको एकातर्फको भाग डढेर क्षतबिक्षत भएको छ भने दाहिने कानबाट लगातार रगत बगिरहेको छ।

त्यस्तै उता सुनुवार परिवारका सदस्यहरुको पनि शरीरका विभिन्न भाग जलेको छ भने कान नसुन्ने र जिब्रो नचल्ने अवस्था रहेको छ।

प्रकाशित : मङ्गलबार, जेठ २९, २०७५१४:११

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

गोरेलाई यस्तो हालतमा पुर्‍याईयो सम्पत्ति शुद्धिकरण विभाग: एमकेको सुराक खोज्न बिशेष केरकार…