घरबेटीको विषयमा धेरै विवादमा तानिएपछि अन्तत प्रचण्डले मुख खोले…

Leaderboard Banner

काठमाडौँ । घरबेटीका कारणले विवादमा तानिएका नपाल कम्युनिष्ट पार्टीका ( नेकपा )  अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले आफ्ना घरबेटी शारदा अधिकारीका बारे प्रतिक्रिया दिँदै गल्ती गरेको भए अवश्य पनि कारवाही हुने बताएका छन्।

आज मंगलबार गृह जिल्ला चितवन पुगेका अध्यक्ष प्रचण्डले पत्रकारहरुसँग कुरा गर्दै समयमा काम पूरा नगर्ने ठेकेदार कम्पनीहरुलाई कार्वाही हुने बताएका हुन्। ‘समयमा कम नगर्ने ठेकेदारलाई कारवाही हुनु पर्छ, चाहे त्यो मेरा घरबेटी किन नहुन,  यदि राम्रो काम गरेको भए प्रत्साहन पनि दिइन्छ’, उनले भने।

त्यही प्रसंगमै कुरा गर्दै प्रचण्डले भने – ‘मैले सरदा अधिकारीलाई कारवाही नगर्न भनेर गृहमन्त्री  कुनै दवाव दिएको छैन। यो बिल्कुलै गलत कुरा हो, तपाइँ मिडियाहरुको नबुझी लेखे बनी निकै दुखद: लाग्छ। पत्रकारिता आचारसंहिता पालना गरौँ। मेरो यहि आग्रह छ।’

ठेकेदार शारदा अधिकारीलाई कारबाही नगर्न भनेर आफूले गृहमन्त्री रामबहादुर थापालाई कुनै पनि दवाव नदिएको अध्यक्ष दाहालले दाबी गरे । ‘बिल्कुल त्यस्तो कुनै पनि दवाव मैले दिएको छैन’, उनले भने, ‘तपाई मिडियाहरूको समस्या छ । मिडियाहरू आचार संहिताभित्र बस्नुपर्छ।’

पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिको बरेमा बोल्दै प्रचण्डले यो स्वभाविक प्रक्रिया भएको  प्रतिक्रिया दिए।

प्रकाशित : मङ्गलबार, जेठ २९, २०७५११:५४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

रामचन्द्र पौडेलले दिए सभापति देउवाबारे निकै कडा अभिव्यक्ति !