राजपा सरकारमा जाने विषयमा छलफल !

Leaderboard Banner

काठमाडौँ, राष्ट्रिय जनता पार्टीका महासचिव केशव झाले राजपा सरकारमा जाने विषयमा राजपा र सरकारबीच संवाद जारी रहेको बताउनुभएको छ ।
यहाँ आज आयोजित साक्षात्कारमा उहाँले संविधान संशोधनमा सरकारले सकारात्मक सन्देश दिए पनि राजपाका सभासद् रेशम चौधरीलाई शपथ गराउने र कारागारबाट छुटाउने विषयमा कुनै प्रगति नभएकाले सरकारमा जाने निर्णय हुन बाँकी रहेको बताउनुभयो ।

नेता झाले नेपालको संविधान जारी भएको तीन वर्षमा संघीयतालाई कार्यान्वयन गर्न धेरै संघीय कानून बनाउन बाँकी रहेको बताउँदै आगामी असोज ३ भित्र कानून जसरी पनि बनाउनुपर्छ भन्नुभयो । अर्को प्रसङ्गमा उहाँले प्रदेश नं २ मा राजपा र सङ्घीय समाजवादी फोरम नेपालको सरकार रहिरहने तथा त्यहाँको सरकारलाई राजपाको पूर्ण समर्थन रहने बताउनुभयो । -रासस

प्रकाशित : सोमबार, जेठ २८, २०७५१८:५१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

यार्सासहित चार पक्राउ !