आज प्रहरी इन्काउन्टरमा पर्ने ‘गुण्डा नाइके’ अशोक लामा को हुन् ? कसरी प्रवेश गरे गुण्डागर्दीमा ?

Leaderboard Banner

काठमाडौँ । आज प्रहरी इन्काउन्टर परेका अशोक लामा काभ्रे जिल्लाका स्थायी वासिन्दा हुन्। गुण्डागर्दीमा संलग्न काभ्रेली डन दावा लामाको संगतले गर्दा उनी गुण्डागर्दीमा प्रवेश गरेका थिए।

पहिले काठमाडौँको त्रिपुरेश्वरमा बस्ने अशोकले सुरुवातमा दरवारमार्ग, ठमेल, ललितपुर लागयतका क्षेत्रमा रहेका डान्सबारमा जवर्जस्ती हप्ता असुने काममा गर्थे। त्यपछि दावाकै सहयोगमा उनले ललितपुरलाई आधार बनाएर राजधानीमा गुण्डागर्दिको साम्राज्य विस्तार गरेका थिए। त्यसपछि उनले विभिन्न ब्यापारीहरुलाई चर्को ब्याजमा ऋण दिने धन्दा अर्थात् मिटर ब्याजमा पनि सक्रिय रहेको देखिन्छ। उनले निर्माण क्षेत्रमा सानाठूला ठेक्का पट्टा पनि गर्ने  गरेको स्रोत बताउँछ।

उनी ज्यान मार्ने उद्योग र अन्य सार्वजनिक अपराधका पनि मुद्दाहरुको अभियोगमा प्रहरीको वान्टेड सूचीमा रहेका थिए। फेरी पछिल्लो समय उनले  विभिन्न व्यवसायीलाई हतियार देखाएर हप्ता असुली गर्ने र ज्यान मर्ने धम्की दिने गरेका थिए । प्रहरीको खोजी सूचीमा रहेका उनलाई महानगरी परहरी अपराध महाशाखाले विशेष टोली खटाएर खोजी गरि रहेको थियो। सोहि क्रममा आज सोमबार काठमाडौंको शंखमुलस्थित यूएन पार्कमा उनी रहेको सुराकीका आधारमा अपराध महाशाखाको टोली त्यहाँ पुगेको थियो।

पार्कको आसपासको सडकम भेटिएका गुण्डा नाइके अशोक लामाले प्रहरी देख्ने बित्तिकै प्रहरीमाथी गोली प्रहार गर्न खोजेपछि प्रहरीले जवाफी फायरिङ गरेको हो।

लामाको साथबाट एक थान पेस्तोल र त्यसमा लाग्ने २ राउण्ड गोली बरामद भएको प्रहरीले जनाएको छ । लामाको दाहिने खुट्टाको पिंडौलामा गोली लागेको छ । उनको वीर अहिले अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित : सोमबार, जेठ २८, २०७५१८:००

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

काठमाडौँको जडिबुटीमा टिपरको ठक्करबाट स्कुटरमा सवार महिलाको मृत्यु: स्थिति तनावग्रस्त