आसाममा ५.१ म्याग्नीच्युडको भूकम्प ! पूर्ण विवरण आउन बाँकि !

Leaderboard Banner

नयाँदिल्ली, भारतको उत्तरपूूर्वी राज्य आसाममा सोमबार भूकम्प गएको समाचार छ । सो भूकम्प ५.१ म्याग्नीच्युडको रहेको अधिकारीले सोमबार जानकारी दिएका छन् ।

स्थानीय समयाअनुसार बिहान १०ः३० बजे भूकम्प गएको यस भूकम्पबाट प्रान्तीय राजधानी शहर आसामको दिसपुरबाट ११४ किलोमटिर पूर्वी क्षेत्र बढी प्रभावित भएको थियो ।

तर आसाम राज्यभर नै यस भूकम्पको कम्पन महसुस गरिएको बताइएको छ । यस भूकम्पबाट हालसम्म मानवीय तथा भौतिक क्षतिको भने कुनै विवरण प्राप्त भएको छैन । -रासस÷सिन्ह्वा

प्रकाशित : सोमबार, जेठ २८, २०७५१६:३३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

भारत स्वसाशित काश्मिरमा गोली हानाहान, ३ को मृत्यु