ट्रम्प र किम जोङको गोर्खा सैनिकप्रतिको भरोसा हाम्रा लागि गौरवपुर्ण !

Leaderboard Banner

काठमाडौँ । नेपाली काँग्रेसका प्रभावशाली विश्वप्रकाश शर्माले विश्व  लागि महत्वपूर्ण मानिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच हुन् लागेको भेटवार्ताको सुरक्षाको जिम्मा गोर्खा सैनिकले पाउनु गर्भको कुरा भएको बताएका छन्।

काँग्रेसका प्रवक्ता समेत रहेका शर्माले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै सो कुरा बताएका हुन्। उनी लेख्छन् – नेपाली आमाका सन्तती गोर्खाली सैनिकप्रति दुनियाँको भरोसा हाम्रालागि गौरवपुर्ण छ ! विश्व शान्तिकालागि महत्वपूर्ण ट्रम्प-किम वार्तामा सुरक्षाको सम्पुर्ण कमान्ड गोर्खाली सैनिकले सम्हाल्नु नेपाल र नेपालीकालागि झनै महत्त्वपूर्ण छ।  वार्ता सफलता कामना ! गोर्खाली सैनिकलाई’ हृदयको सलाम !

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच भोलि मंगलबार सिंगापुरको क्यापिला होटलमा हुँदै छ। उक्त भेटवार्ताको सम्पूर्ण तयारी पूरा भैसकेको छ। त्यसैगरी ट्रम्प र उन पनि अहिले सिङ्गापुर पुगिसकेका छन्।  यस भेटवार्तालाई विश्रभरबाट निकै अर्थपूर्ण रुपले हेरिएको छ।

ट्वीट:

प्रकाशित : सोमबार, जेठ २८, २०७५१५:२९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

घरबेटीको विषयमा धेरै विवादमा तानिएपछि अन्तत प्रचण्डले मुख खोले…