केन्द्रीय सचिवको दाहसंस्कार लामाको दाहसंस्कार सम्पन्न !

Leaderboard Banner

इटहरी । राजपाका केन्द्रीय सचिव इटहरी उपमहानगरपालिका–२० तरहराको बुद्धचोकस्थित तामाङ टोल निवासी ३२ वर्षीय तेञ्जिङ लामा (छत्रपति तामाङ) को आज अपराह्न इटहरी उपमहानगरपालिका–२ को बौद्ध दाहसंस्कार स्थलमा जातीय परम्पराअनुसार अन्तिम दाहसंस्कार गरिएको छ ।

छत्रपति तामाङका गत जेठ २४ गते साँझ आफ्नै घरमा विद्युत् तारमा प्रवाह भएको विद्युत्मा परी ज्यान गएको थियो । घर निर्माणका क्रममा रहेका बेला तरमा विद्युत् प्रवाह भएको स्थानमा भिजेको कपडा सुकाउने क्रममा करेन्ट लागेको पारिवारिक स्र्रोतले बताइएको छ ।

दुई सन्तान र एक श्रीमतीसहित बाबु, आमा रहेको छत्रपतिको पार्थीव शरीरलाई आज बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट इटहरीस्थित घरमा ल्याएर राजपा अध्यक्ष मण्डलका नेताहरु राजेन्द्र महतो शरदसिँह भण्डारी र प्रदेश नं २ प्रदेशका सामाजिक विकास मन्त्री नवलकिशोर साहले पार्टीको झण्डा ओढाइ अन्तिम हार्दिक श्रद्धाञ्जलि अर्पण गरेपछि दाहसंस्कार गरिएको थियो ।

राजपका नेताहरुले एउटा असल र इमान्दार कर्तव्यनिष्ठ योद्धा गुमाउनुपर्दा पार्टीलाई अपूरणीय क्षति भएको भन्नुहुँदै राजपाले एक होनाहार युवा नेता गुमाउनु परेकामा नेताहरुले दुःखसमेत व्यक्त गर्नुभएको छ । उहाँको दाहसंस्कारमा हजाराँै शुभचिन्तक एवं आफन्तको सहभागिता थियो ।

प्रकाशित : आइतबार, जेठ २७, २०७५१९:४६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

काँग्रेसले लगातार जोडदार माग राखेपछि नेकपालाई पर्‍यो अप्ठ्यारो: अब के होला त निर्णय ?