यसरी थाहा पाउनुहोस् तपाईको लाइसेन्स प्रिन्ट भयो कि छैन ! मोबाइलबाटै हेर्न सकिने !

Leaderboard Banner

काठमाडौँ। यातायात व्यवस्था विभागले ४ वटा स्मार्ट कार्डप्रिन्ट गर्ने मेसिन ल्याएको थियो। यसको साथै विभागले सर्वसाधारणहरुको सहजताको लागि नयाँ सुविधा थप गरेको छ। सरकारले सवारी चालक अनुमतिपत्रलाई स्मार्ट कार्डमा रुपान्तरण गर्ने योजना अगाडि सारे पनि प्रविधिको अभावमा लामो समयदेखि अनुमतिपत्रका लागि प्रतीक्षा गरिरहनु परेको छ । जसका कारण स्मार्ट लाइसेन्स प्रिन्ट नभएको कारण धेरै समय सम्म कुरेका सर्वसाधारणको लागि अब लाइसेन्स प्रिन्ट भए नभएको थाहा पाउने नयाँ सुविधा थप गरिएको हो।

अब यातायात व्यवस्था विभागले एसएमएस मार्फतनै लाइसेन्स प्रिन्ट साथै सवारी चालक अनुमतिपत्रको लिखित परीक्षामा पास भए–नभएको जानकारी दिनेछ। सवारी चालक अनुमतिपत्रको लिखित परीक्षाको नतिजा थाहा पाउन WT लेखेर एउटा स्पेस छाडे पछि आफ्नो एप्लिकेन्ट आईडी टाइप गरि (WT‹space›Applicant ID) ३१००३मा एसएमएस गर्न सकिनेछ । यसको साथै आफ्नो स्मार्ट लाइसेन्स प्रिन्टको अवस्था थाहा पाउनको लागि पनि एसएमएसको सुविधा सुरु गरेको छ । यसका लागि LC टाइप गरी एक स्पेश दिएपछि एप्लिकेन्ट आईडी टाइप गरी (LC‹space›Applicant ID) ३१००३ मा एसएमएस गर्नु पर्ने हुन्छ।

अब केहि महिना भित्रनै सवारी चालक अनुमतिपत्र सम्बन्धि रहेका सम्पूर्ण त्रुटी साथै असुविधाहरु हटाउदै लैजाने यातायात व्यवस्था विभागको योजना भएको बताईएको छ। अहिलेको अवस्थामा लगभग ३ लाख सेवाग्राही लाइसेन्स लिन बाँकि रहेको छ।

प्रकाशित : आइतबार, जेठ २७, २०७५१५:३०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

आफ्नो पार्टीको मुख्य लक्ष्यनै सरकारमा पुग्ने रहेको महन्थ ठाकुरको भनाई !