रूखबाट लडेर मृत्यु

Leaderboard Banner

फलेवास, पर्वत, २७ जेठ : पर्वतको मोदी गाउँपालिका–६ तिलाहारमा एक व्यक्तिको शनिबार रूखबाट लडेर मृत्यु भएको छ ।

सोलुखुम्बु सल्लेरी घर भई विगत ३ वर्षदेखि सोही क्षेत्रमा मजदुरी गर्दै आएका ४० वर्षीय राजकुमार बस्नेतको रूखबाट लडेर मृत्यु भएको हो ।

विगत एक महिनादेखि स्थानीय दिलमाया नेपालीको घरमा बस्दै आएका बस्नेत शनिबार साँझ दिलमायाको बारीमा रहेको काभ्रोको रुखमा घाँस काट्न चढदा रूखबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ । (रासस)

प्रकाशित : आइतबार, जेठ २७, २०७५०९:०५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

यसरी थाहा पाउनुहोस् तपाईको लाइसेन्स प्रिन्ट भयो कि छैन ! मोबाइलबाटै हेर्न सकिने !