नेपालको मेट्रो रेलमा अन्तराष्ट्रिय चासो !

Leaderboard Banner
फाईल फोटो

काठमाडौँ । राजधानी काठमाडौँको नागढुंगादेखि काभ्रेको धुलिखेल सम्म बनाईने मेट्रोरेलको सम्भाव्यता अध्ययनको लागि थुप्रै अन्तराष्ट्रिय कम्पनीहरुले  इच्छा देखाएका छन्।

नेपाल सरकारको यस महत्वाकांक्षी आयोजनाको सम्भाव्यता अध्ययन गर्नको लागि लगानी बोर्डले केहि समय अगाडि अन्तराष्ट्रिय प्रस्ताव आह्वान गरेको थियो। जसमामा २३ वटा विश्व विख्यात कम्पनीले आवेदन दिएको लगानी बोर्ड जानेको छ।

बोर्डका प्रवक्ता उत्तमभक्त वाग्ले काठमाडौं उपत्यकाको यातायात सहजिकरण गर्न लगानी बोर्डले थानकोट धुलिखेल मेट्रो रेलको अवधारणा ल्याएको बताए  । नागढुङ्गादेखि धुलिखेलसम्म ४५ किलो मिटर लम्वाई रहने यस  आयोजनामा करिव २ खर्व लगानी अनुमान गरिएको छ । प्रतिकिलोमिट ४ देखि ६ अर्व रुपैयाँसम्म लागत अनुमान गरिएको प्रवक्ता वाग्ले बताए ।

विस्तृत सम्भाव्यता अध्ययन र विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेपछि लगानी बोर्डकै अगुवाईमा निर्माण, सञ्चालन र हस्तान्तरण (बुट) ढाँचामा सो रेलमार्ग निर्माणको प्रक्रिया अगाडि उनले बताए ।

यो आयोजना सार्वजनिक निजी संयक्त साझेदारीको अवधारणा अनुसार निर्माण गरिने भएको छ ।

प्रकाशित : शनिबार, जेठ २६, २०७५१७:०५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

टायर पङ्चर हुँदा तारा एयरको विमान दुर्घटना: यसरी भएको थियो दुर्घटना