आज दिउँसो जुम्लामा तारा एयरको विमान दुर्घटना !

Leaderboard Banner

काठमाडौँ ।  जुम्लामा तारा एयरको विमान समान्य  दुर्घटनामा परेको छ। नेपालगन्जबाट जुम्लाका लागि दिउँसो २ बजेर ६ मिनेटमा उडेको तारा एयरको ट्वीनअटर विमान अवतरण गर्ने क्रममा अगाडिको पांग्रा अर्थात् (ल्याण्डिङ गेयर) पन्चर हुँदा धावनमार्गबाट केहि बाहिर पुगेर सामान्य दुर्घटनामा परेको हो।

विमान अवतरणका क्रममा धावनमार्गबाट असन्तुलित भई बाहिर जाँदा आवासगृहतिरको बारमा ठोक्किन पुगेको  थियो।’ विमानस्थलका अनुसार जहाज २ बजेर ४० मिनेट जाँदा अवतरण गरिएको थियो । उक्त विमानमा १८ यात्रु र ३ जना चालक दलका सदस्य रहेका थिए।  अहिले उनीहरु सबै सकुशल अवस्थामा रहेका छन् ।

जहाजको नोज (अगाडिको भाग) बारमा ठोक्किएर कुच्चिएको छ। नेपालगन्जदेखि जुम्लाको उडान समय २५ मिनेट हो। यस विमानका क्याप्टेन जेके निरौला थिए ।

प्रकाशित : शनिबार, जेठ २६, २०७५१६:१८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

नेपालको मेट्रो रेलमा अन्तराष्ट्रिय चासो !