वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकाेटालाई गाेरखा लगिँदै…

Leaderboard Banner

काठमाडौँ । विगत लामो समयदेखि बाँसबारीको न्यूरो हस्पितल उपचाररत वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकाेटालाई उनको जन्मघर  गाेरखा लाने तयारी गरिएको छ।

डा. देवकाेटालाई उनकै इच्छा अनुसार नै हेलिकप्टर मार्फत जन्मस्थान गोरखाको आँपपिपल पण्डित गाउँमा लान लागिएको हो। शुक्रबार सांझा अचानक स्वास्थ्यमा गम्भीर समस्या आएपनि शनिबार भने उनकाे स्वास्थ्य अवस्था स्थिर रहेकाे अस्पतालले बताएको छ ।

गोरखाको आँपपिपल पण्डित गाउँस्थित देवकोटाको घरमा उनलाई करिव २ घण्टा जति राखिने परिवारिकी स्रोतले बताएको  छ।  त्यसपछि उनलाई पुन: काठमाडौँ ल्याइने छ।

डा. देवकोटा कलेजोको क्यान्सरबाट पिडित रहेका छन् भने उनको विगत लामो समयदेखि उपचार भइरहेको छ। देवकोटालाई बेलायतस्थित किङ्स कलेज हस्पिटलमा पाँच महिना लामो उपचारपछि नेपाल ल्याइएको थियाे।

प्रकाशित : शनिबार, जेठ २६, २०७५१४:१९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

वैदेशिक रोजगारीमा जानेमध्ये सप्तरी जिल्ला मुलुककै पाँचौँ स्थानमा: हेर्नुस्, टप ५ मा कुन कुन जिल्ला ?