रोनाल्डोका छोरा पनि निकै राम्रा फुटबल खेलाडी: हेर्नुस् आश्चर्यचकित पार्ने उनको गोल (भिडियो)

Leaderboard Banner

काठमाडौँ । विश्व फुटबल इतिहासकै महान् फुटबलर क्रिस्तियानो रोनाल्डोको खेल कौशल देखेर मोहित नहुने सायद कुनै पनि फुटबलप्रेमी छैन होला। यसैबीच ‘हुने विरुवाको चिल्लो पात’ भने झैँ रोनाल्डोका छोरा पनि निकै राम्रा फुटबल खेल्न सक्ने क्षमता राख्दा रहेछन्।

गत बिहिबार राति पोर्चुगल र अल्जेरिया भएको मैत्रीपूर्ण फुटबल खेलपछि उक्त मैदानमै जुनियर रोनाल्डो पनि आफ्नो फुटबल कौशल देखाएका थिए। उक्त खेल पोर्चुगलले ३-० गोल अन्तर जितेको थियो।

सन् २०१० मा जन्मिएका जेआर रोनाल्डो अहिले ७ वर्षका भए। जुनियर रोनाल्डोले उक्त मैदान बाबुले जस्तै निकै उत्कृष्ट प्रहार गर्दै गोल गरेका थिए। उनले प्रहार गरेको बल गोल पोष्टको बायाँ कर्नर च्याप्दै जाली चुमेको थियो। त्यसबेला मैदानमै रहेका उनका बुबाले देखेर दङ्ग पर्दै मन मुस्कानसहित हाँसेका थिए।  हेर्नुस्, जुनियर रोनाल्डोले गरेको उक्त गोल यसप्रकार रहेको छ।

 भिडियो हेर्नुस्:

प्रकाशित : शनिबार, जेठ २६, २०७५१४:४०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

विश्वकप २०१८: इतिहासदेखि वर्तमानसम्म जान्नैपर्ने ७ महत्वपूर्ण तथ्य(चित्रसहित)