प्रहरीको सनसनीपूर्ण खुलाशा : मोदीको विभत्स हत्या गर्ने योजनाबनाउदै भारतीय माओबादी

Leaderboard Banner

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हत्या योजना बनेको समचारहरु यतिबेला भारतीय मिडियामा छ्याप-छ्याप्ती आउन थालेका छन्।  समाचारहरुमा जनाईए अनुसार भारतको महाराष्ट्र राज्यको पुणेको अदालतमा प्रहरीले एउटा पत्र पेश गर्दै भारतीय माओबादीले प्रधानमन्त्री मोदीको हत्याको योजना बुनिरहेको दाबी गरेको छ।

बीबीसी हिन्दीमा प्रकाशन भएको समाचारमा भनिएको छ – ‘ भारतीय प्रधानमन्त्री मोदीको राजीव गान्धीको भन्दा पनि विभत्स तरिकाले हत्या गर्ने योजना माओवादीले तयार गरेको भारतीय प्रहरीले अदालतमा पेश गरेको पत्रमा उल्लेख भएको विशेष अदालत पुणेका सरकारी वकितहरुले बताएका छन्।’

प्रहरीका अनुसार भीमा कोरेगाउमा जनवरीमा भएको हिंसाको सिलसिलामा पाँच जनाको गिरफ्तारीपछि यस्तो जानकारी आएको हो । प्रहरीको दाबी अनुसार यो पत्र एक अभियुक्त रोना ज्याकव विल्सनको दिल्ली स्थित फ्याटबाट फेला पारेको थियो ।

कमरेड प्रकाशलाई सम्बोधन गरिएको यस पत्रमा विहार र पश्चिम बंगालमा हारका बावजूद भाजपाको १५ भन्दा धेरै राज्यमा जीतमाथि चिन्ता व्यक्त गरिएको छ । पत्रमा भनिएको छ,‘यदी यहि अवस्था रहेका हरेक पार्टी समस्यामा पर्नेछन् । मोदी राजको अन्त गर्न कामरेड किशन र अन्य केही वरिष्ठ कमरेडहरुले कडा कदम चल्नु भएको छ । अर्थात ‘कन्क्रिट स्टेप’ चाल्नु भएको छ । हामी राजीव गान्धी जस्तै एक अर्को घटनाबारेमा सोचिरहेका छौं ।’

२१ मे १९९१ मा पूर्व प्रधानमन्त्री राजीव गान्धीको तामिलनाडु राज्यको श्रीपेरम्बदूरमा मानव बमको प्रयोग गरी हत्या गरिएको थियो । त्यसबेला राजीव एक सभामालाई सम्बोधन गर्न त्यहाँ पुगेका थिए।

मोदीको हत्या योजना बनेको समाचार फैलिएसँगै गृहमन्त्री राजनाथ सिंहसले प्रधानमन्त्री मोदीको सुरक्षा व्यवस्थाको समीक्षा गर्ने बताएका छन् ।

प्रकाशित : शनिबार, जेठ २६, २०७५१३:१२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

यतिबेला सबैका आँखा सिङ्गापुरतिर… विश्वमै लगभग असम्भव जस्तो ठानिएको कुरा पूरा हुँदै