क्रोएसिया र स्विट्जरल्यान्ड विजयी, पोल्यान्ड भने रोकियो !

Leaderboard Banner

मस्को (एजेन्सी) – गए रातिको विश्वकप मैत्रीपूर्ण खेलमा क्रोएसिया, स्विट्जरल्यान्ड र इरानले जित हांसिल गरेको छ भने पोल्यान्ड बराबरीमा रोकिएको छ ।

स्विट्जरल्यान्डले जापानलाई २-० ले हराउन सफल भएको हो । स्विट्जरल्यान्डका लागि रिकार्डो रोड्रिगेज र हारिस स्फेरोभिचले गोल गरेका थिए । स्विट्जरल्यान्ड विश्वकप समूह ‘ई”मा ब्राजिल, कोस्टा रिका र सर्बियासँग रहेको छ भने जापान समूह ‘एच’मा पोल्यान्ड, कोलम्बिया र सेनेगलसँग रहेको छ ।

त्यस्तै, क्रोसियाले विश्वकप टोली सेनेगललाई हराउन सफल भएको छ । सेनेगलका इस्मालिया सारले टोलीलाई अग्रता दिलाए पनि इभान पेरिसिच र आन्द्रे क्रामारिचले गोल गर्दै टोलीलाई खेलमा फर्काएका हुन् ।

यसैगरी करिम इन्सारिफार्डको गोलमा इरानले लिथुवानियालाई १-० ले हरायो । इरान विश्वकप समूह ‘बि’मा पोर्चुगल, स्पेन र मोरक्कोसँग रहेको छ । त्यस्तै गए राति खेलिएको अन्तिम मैत्रीपूर्ण खेलमा चिली र पोल्यान्ड २-२ को स्कोरमा रोकिए ।

पोल्यान्डका लागि रोबर्ट लेवान्डोस्की र पिओटर जेल्सिन्कीले गोल गरे पनि चिली दुई गोल फर्काउन सफल भएको हो । चिली यस विश्वकपमा छनोट हुन असफल भएको हो ।

प्रतिकृया दिनुहोस

प्रकाशित : शनिबार, जेठ २६, २०७५०९:१४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

रोनाल्डोका छोरा पनि निकै राम्रा फुटबल खेलाडी: हेर्नुस् आश्चर्यचकित पार्ने उनको गोल (भिडियो)