जर्मनी साउदी अरेबिया विरुद्ध विजयी !

Leaderboard Banner

म्युनिख (एजेन्सी) – गए राति खेलिएको विश्वकप मैत्रीपूर्ण खेल अन्तर्गत साविक विजेता जर्मनीले अर्को विश्वकप टोली साउदी अरेबियालाई २-१ ले हराएको छ ।

जर्मनीका लागि स्ट्राइकर टिमो वेर्नरले आठौं मिनेटमा टोलीका लागि खाता खोलेका थिए । त्यस्तै ४३ औं मिनेटमा साउदी अरेबियाको आत्मघाती गोलद्वारा जर्मनीले आफ्नो अग्रता दोब्बर बनाएको थियो ।

दोस्रो हाफको ८४ औं मिनेटमा भने साउदी अरेबिया एक गोल फर्काउन सफल भएको थियो । ताइसर अल जसिमले गोल गर्दै साउदीलाई खेलमा फर्काउन खोजे पनि असफल भएका थिए ।

साविक विजेता जर्मनी विश्वकप समूह ‘एफ’ मा मेक्सिको, स्विडेन र दक्षिण कोरियासँग रहेको छ । अर्को तर्फ साउदी अरेबिया समूह ‘ए’मा आयोजक रुस, इजिप्ट र उरुग्वेसँग रहेको छ ।

प्रकाशित : शनिबार, जेठ २६, २०७५०९:१२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

क्रोएसिया र स्विट्जरल्यान्ड विजयी, पोल्यान्ड भने रोकियो !