अमेरिका जान हिँडेका २३ जना नेपाली नाइजेरियामा बन्धक

Leaderboard Banner

काठमाडौं ,  अलग बाटो र उपायबाट अमेरिका लैजाने भन्दै २२ महिनाअघि थाइल्यान्ड हुँदै नाइेरिया पुर्याइएका २३ नेपालीलाई मानव तस्करले लेगोसमा बन्धकसरह बनाएर राखेका छन् ।

बिचल्ली पारिएकामध्ये बागलुङका बिविन्द्रप्रसाद श्रेष्ठका दाजु रवीन्द्रले दिएको जानकारीअनुसार काठमाडौंदेखि नाइजेरियासम्म सञ्जाल बनाएका मानव तस्करको समूहले उनीहरुरुलाई लेगोसको एउटा होटलमा बाहिरसमेत निस्कन नदिई राखेका छन् । आजको कान्तिपुर दैनिकमा समाचार छापिएको छ ।

रवीन्द्रका अनुसार उनीहरु सबैको पासपोर्ट जफत गरी गैरकानुनी हैसियतमा राखिएको छ ।  ‘३० मध्ये ६ जना दलालको चंगुलबाट उम्केर काठमाडौं आएका रहेछन्, उनीहरुले काठमाडौंमा प्रहरी र परराष्ट्रमा दिएको निवेदनपछि एक जना स्थानीय एजेन्टलाई शुक्रबार पक्राय गरिएको थाहा पाएको छु’, रवीन्द्रले भने ।

बिविन्द्रले अमेरिका जान २५ लाख रुपैयाँ दलाललाइृ बुझाएका थिए ।

प्रकाशित : शनिबार, जेठ २६, २०७५०७:५२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

सरकारी कर्मचारीहरुको लागि बन्यो कानून ! बर्खास्त सम्म हुने !