गुल्मीको रेसुङ्गा विमानस्थलमा सफल परिक्षण उडान ! ( भिडियो हेर्नुस् )

Leaderboard Banner

काठमाडौँ । गुल्मीको रेसुङ्गा विमानस्थलमा केही समयअघि तारा एअरको ट्विनओटर विमानले परिक्षण उडान भरेको छ ।

प्राविधिक पक्षको परिक्षण गर्न शुक्रबार गरिएको उडान सफल भएको तारा एयरले जनाएको छ । सोमबार बिहान पोखरा बिमानस्थलबाट तारा यएरको ९एन४ केएच बिमानले तारा एयरको प्रविधिक टोली लिएर उडान भरेको थियो ।

रेसुङ्गा  विमानस्थलमा परिक्षण उडान भर्नको लागि  बिहान १० बजे पोखराबाट उड्ने भनिएको विमान मौसममा आएको खरावीका कारण ढिलोगरी उडेर रेसुङ्गा बिमानस्थलमा ढिलो गरी अवतरण गरेको हो ।

रेसुङ्गा विमानस्थलको समुद्घाटन र परिक्षण उडानको अवलोकन गर्न परराष्टमन्त्री प्रदिप कुमार ज्ञवाली शुक्रबार बिहानै हेलिकप्टरमार्फत जिल्ला रेसुङ्गा नगरपालिका १० मा रहेको रेसुङ्गा विमानस्थल, सिमिचौरमा गएका थिए ।

आज भएको परिक्षण उडान हेर्नको जिल्लामा पहिलो पटक आएको हवाई विमानलाई स्वागत गर्न हजारौँ स्थानीय तथा गुल्मेलीहरु त्यहाँ भेला भएका थिए ।

भिडियो हेर्नुहोस्:

भिडियो – तारा भुसालको फेसबुकबाट 

प्रकाशित : शुक्रबार, जेठ २५, २०७५१८:३०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

सुन तस्करीका मुख्य लगानीकर्ता ‘एमके अग्रवाल’को घरमा प्रहरीको छापा! यस्ता महत्वपूर्ण कागजात फेला