खाराखोलाको पानीमा ९० प्रतिशत नून भेटियो ! कस्तो बिडम्बना देशमै नूनखानी छन् हामी भारतबाट आयात गर्छौं

Leaderboard Banner

काठमाडौँ । जाजरकोटको जिल्लाको बारेकोट गाउँपालिका–२ रोकायगाउँस्थित खाराखोलामा नून खानीको सम्भाव्यता फेला परेको छ।

उक्त खोलाको पानीमा सोडियम क्लोराइड चेकजाँच गर्दा ९० प्रतिशत नूनको मात्रा पाईएको छ। जाजरकोट प्रदेशसभा ‘क’ सांसद गणेशप्रसाद सिंहका आनुसार खोलाको १ लिटर पानी लगरे ल्याबमा परिक्षण गर्दा ९० प्रतिशत नूनको मात्रा भेटिएको जानकारी दिएका छन् । खाराखोलाको पानी वाटर इन्जिनियरिङ एण्ड ट्रेनिङ सेन्टर काठमाडौंमा ल्याएर परीक्षण गरिएको थियो ।

खानी तथा भूगर्भ विभागका महानिर्देशक राजेश खनालका अनुसार खाराखोलाको पानी परिक्षण गर्दा निकै राम्रो परिणाम आएको र केहि दिनमै उक्त स्थानको स्थलगत अध्ययनको लागि टोली पठाउने तयारी भैरहेको छ। उक्त खोलामा नुन भएको बुढा पुराना मानिसहरुले पनि बताउने गरेको र उक्त खोलामा वर्षौंदेखि नून त्यतिकै बगिरहेको अवस्थामा देशलाई नूनमा आत्मनिर्भर बनाउनको लागि यता खानीको परिक्षण गरि प्रयोगमा ल्याउनु पर्नेमा प्रदेश संसाद संघले जोड दिए।

खराखोलाको नुन खानीलाई विस्तृत अध्ययन गरी परियोजना अघि बढाउन सरकारको ध्यान जानु आवश्यक रहेको पनि उनले बताए। जाजरकोटमा नून मात्र नभएर बिरेनून र फलाम खानी समेत रहेको हुँदा ती खानीको पहिचान गरी सम्भाव्यता अध्ययन गर्न खानी तथा भूगर्भ विभागलाई अनुरोध गरेको संसाद सिंहले बताए।

प्रकाशित : शुक्रबार, जेठ २५, २०७५१६:३७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

वामदेव हैन धनबहादुर बुढानै सांसद हुनुपर्छ भन्दै राजीनामा नदिन डोल्पावासीले दिए दबाब !