चुल्हो छोएको निहुँमा कुटेर मारियो जनप्रतिनिधिलाई ! कारवाहीको माग !

Leaderboard Banner

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा कालीकोटका जनप्रतिनिधि मना सार्की कुटिएर मारिएको घटनाका दोषीलाई कारबाही गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराइएको छ ।

बैठकको प्रारम्भमै समय लिएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद गोमा देवकोटाले मुलुकमा छुवाछूत अन्त्य भइसकेको अवस्थामा पनि जनप्रतिनिधि नै कुटिएर मारिनु दुर्भाग्य हो भन्नुभयो ।

उक्त जिल्लाको नरहरिनाथ गाउँपालिका–९ का तत्कालीन नेकपा (एमाले) बाट दलित महिला सदस्यमा निर्वाचित सार्कीको यही जेठ १९ गते स्थानीयवासीको कुटपिटबाट निधन भएको थियो ।

सांसद देवकोटाले उक्त घटनामा संलग्न राजेन्द्र शाही र सिर्जना शाहीलगायतका दोषीलाई हदैसम्मको कानूनी कारवाही गर्न गृहमन्त्रीसँग माग गर्नुभयो ।

प्रकाशित : शुक्रबार, जेठ २५, २०७५१४:१४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

“अपराध नियन्त्रण गर्ने प्रहरीको पहिलो कर्तव्य”-महानिरीक्षक खनाल