गुल्मीको रेसुङ्गा विमानस्थलको परिक्षण उडानको समुद्घाटन कार्यक्रम चल्दै [ प्रतक्ष्य प्रशारण ]

Leaderboard Banner

 

काठमाडौँ । गुल्मीको रेसुङ्गा विमानस्थलको आज समुद्घाटन तथा परिक्षण प्रशारण उडान गर्न लागिएको छ। आज बिहान १० बजे गरिने भनिएको सो परिक्षण उडान खराब मैसामका कारण यतिबेला सम्म हुन सकेको छैन। तर, विमान मौसम  प्रतिकूल भएर आउन नसकिरहेको अवस्था यतिबेला समुद्घाटन कार्यक्रम संचालन भैरहेको छ।

विमानस्थलको परिक्षण उडानको समुद्घाटन गर्न परराष्ट्रमन्त्री एवं गुल्मीका प्रतिनिधि सभा सांसद प्रदीप कुमार ज्ञवाली बिहानै हेलिकप्टरमार्फत गुल्मी पुगी सकेका छन्। यतिबेला परराष्टमन्त्री ज्ञवाली उत्घाटन समारोहमा सहभागी रहेका छन्।

रेसुङ्गा विमानस्थल परिक्षण उडान कार्यक्रम , हेर्नुस् अहिले के हुँदैछ  [ प्रतक्ष्य प्रशारण ]

  • तारा भुसालको फेसबुकबाट 

करिव १० वर्षदेखि निर्माणधीन रेसुङ्गा विमानस्थल केहि समय अगाडी मात्र निर्माण सम्पन्न भएको हो। नागरिक उड्यन प्राधिकरणको टोलीले गत महिना अनुगमन गरेरपछि विमानस्थलमा बैशाख २५ गते बिहान १० बजे अर्थात् आज परिक्षण धुले उडान गर्न लागिएको हो । तर, खराव मौसमका सो उडान यो समाचार तयार  सम्म हुन सकेको छैन।

यतिबेला रेसुङ्गा विमानस्थलको परिक्षण उडानको उद्घाटन एवं अवलोकन गर्न परराष्ट्रमन्त्री एवं गुल्मीका प्रतिनिधि सभा सांसद प्रदीप कुमार ज्ञवाली बिहानै हेलिकप्टरमार्फत गुल्मी पुगी सकेका छन्। अहिले विमानस्थल रहेको स्थान सिमिचौरमा रेसुङ्गा नगरपालिकाका मेयर डिल्लिराज भुषाल, सुरक्षा प्रमुखहरु, प्राविधिकहरु, पत्रकारहरु, राजनैतिक दलका नेताहरु तथा बिभिन्न सामाजिक संघ सँस्थाका प्रतिनिधी र सर्वसाधारणहरु गुल्मी जिल्लामा पहिलो आउँन लागेको विमानलाई हेर्न त्यहाँ उपस्थित भैसकेको त्यहाँबाट हामीले जनाकारी पाएका छौं।

परिक्षण उडान तारा एअरको ट्विनओटर विमानमार्फत गरिने भएको छ। पोखराबाट त्यहाँ परिक्षण उडानका लागि आउने भनिएको विमान प्रतिकूल मौसमका कारण उडेको छैन। यतिबेला मौसम क्रमस सफा हुदै गएकोले र हावाहुरीपनि कम हुँदै गएकाले ढिलोमा दिउँसो ३ बजे सम्म भए पनि उडान गरिने बताईएको छ।

प्रकाशित : शुक्रबार, जेठ २५, २०७५१३:३६
अर्को समाचार:

हराएको १९औँ दिनमा मोटरसाइकल भेटियो !