मूल्य वृद्धिको विरोधमा नेविसंघको प्रदर्शन: सरकारविरुद्ध नारावाजी

Leaderboard Banner

काठमाडौं । नेपाली काँग्रेसको भातृ नेपाल विधार्थी संघले शुक्रबार पेट्रोलियम पदार्थ लगायत उपभोग्य सामग्रीमा भएको मूल्य बृद्धिको विरोध गरेको छ ।

नेवि संघ, त्रिचन्द्र कलेज कमिटीको सक्रियतामा शुक्रबार बिहान पेट्रोलियम पदार्थको मूल्य वृद्धि र सरकारविरुद्ध नाराबाजी गर्दै विरोध प्रदर्शन गरेको थियो। प्रदर्शनकारीहरुले सरकारविरुद्ध नाराबाजी गर्दै त्रिचन्द्र कलेज आसपासका क्षेत्रमा प्रदर्शन गरेका थिए ।

उनीहरुले ‘मूल्य बृद्धि फिर्ता गर’, ‘लोककल्याणकारी राज्य व्यवस्था कायम गर’ आदि इत्यादी लेखेका प्ले कार्डसहित विरोध प्रदर्शन गरेका हुन् । नेवि संघले विरोध प्रदर्शन गरिरहँदा घण्टाघर, रत्नपार्क र दरवारमार्ग लगायतका क्षेत्रमा यातायात आवागमन केहिबेर प्रभावित बनेको थियो ।

केहि दिन पहिले काठमाडौं जिल्ला प्रशासन कार्यालयमा अर्धनग्न प्रदशर्नन गरेको नेवि संघले त्यसयता विभिन्न प्रकारका विरोध प्रदर्शन गरिरहेको छ। गत शनिबारमात्रै उसले ललितपुरमा प्रधानमन्त्रीको पुत्ला समेत जलाएको थियो।

प्रकाशित : शुक्रबार, जेठ २५, २०७५१३:०४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

अन्तत काँग्रेससँग हार्‍याे सत्तापक्ष: अब फौजदारी अभियोग लागे पनि सांसद नलम्बनमा नपर्ने !