चिन र अमेरिकाबीच तनाव बढ्यो: चिनको आग्रह अमेरिकाद्वारा ठाडै अस्विकार

Leaderboard Banner

काठमाडौँ । नाइवानको विषयलाई लिएर चिन र अमेरिकाबीच तनाव सिर्जना भएको छ। चिनियाँ सरकारले ताईवानका विषयमा गरेको मागलाई नमान्न ट्रम्प प्रसाशनले आफ्ना एयरलाईन्स कम्पनीलाई आग्रह गरेका छन्।

ताईवानलाई ‘ताईवान चाईना’ भन्न चिनियाँ सरकारले गरेको मागलाई अस्विकार गर्न अमेरिकी सरकारी अधिकारीहरुले अमेरिकी एयरलाईन्स र डेल्टा कम्पनीलाई आग्रह गरेका हुन्।

चिनले केहि समय पहिले ३६ ओटा विदेशी एयरलाईन्सलाई ताईवाङ्को सट्टामा ‘ताइवान चाइना’ लेख्न भन्दै निर्देशन दिएको थियो। चिनको यस्तो निर्देशनपछि अमेरिकाले त्यसको प्रतिक्रिया स्वरूप यस्तो कदम चालेको हो। ताईवान चीनको अभिन्न अंग भएको उनीहरुको मान्यता रही आएको छ।

चिनको यो निर्देशनलाई  ह्वाइटहाउसका अधिकारीले ‘बकवास’ को संज्ञा दिएका छन्। यद्यपि यस विषयमा अमेरिकन एयरलाईन्स भने यसप्रति टिप्पणी गर्न पनि अस्विकार गरेक्लो छ। यता चीनले विश्वभरका एयरलाइन्सलाई आफ्नो वेबसाइटमा ताइवान र हङकङलाई चीनको हिस्साका रूपमा उल्लेख गर्न निर्देशन दिएको छ ।

चिनको यस्तो निर्देशनलाई अस्ट्रेलिया, ताइवान र अमेरिकाले आलोचना गरेका छन्। पर्यवेक्षकहरूले ताइवानलाई घुँडा टेकाउन चीनले विश्वभर दबाब सिर्जना गरेको टिप्पणी गरेका छन् ।

त्यसैगरी यता अमेरिकाले ताइवानमा आफ्ना युद्धपोत र सेनाहरु पठाउने योजना बनाइरहेको रोयटर्सले जनाएको छ। चिनले पनि अमेरिकाको यस्तो योजनाप्रति आपत्ती जनाएको छ। अमेरिका र चिनबीच यस अघिनै ब्यापारिक युद्ध र उत्तर कोरियाको विषयलाई लिएर पहिले देखिनै तनावपूर्ण स्थिति कायम नै छ।

अमेरिकाले यसै वर्ष ताइवानमा अमेरिकी लडाकू विमान पठाउने योजना बनाइ रहे पनि सो कुरा सफल हुन नसकेको बताएको छ। फेरी यता चिनियाँ सरकारी पत्रिका ग्लोबल टाइम्सले अमेरिकाका प्रयासहरु चीनलाई भड्काउने कदम सावित हुन् सक्ने बताएको छ  ।

पत्रिकामा भनिएको छ विचार गरेर मात्र ताइवान मुद्दाका विषयमा निर्णय गर्न सुझाउँदै नत्र दुई देशको सम्बन्धमा ठूलो असर पर्ने उल्लेख गरेको छ। त्यस्तै उक्त पत्रिकमा भनिएको छ – ‘चिनियाँ सेना देशको सम्प्रभुताको सुरक्षामा कुनै सम्झौता नगर्ने पनि उल्लेख छ ।’

प्रकाशित : बिहिबार, जेठ २४, २०७५१८:२९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

राष्ट्रपति ट्रम्प क्यानाडाबाटै सिङ्गापुर जाने !