क्रिकेटर सन्दीप लामिछानेको स्वरमा रहेको पहिलो गीत सार्वजनिक: युटुबमा तहल्का पिट्दै [ भिडियोसहित ]

Leaderboard Banner

काठमाडौँ – १७ वर्षीय विश्व चर्चित युवा  क्रिकेटर  सन्दीपको ‘उदास थियो यो मन’ बोलको गीत बुधबार सार्वजनिक भएको छ।

क्रिकेटर लामिछानेको स्वरमा सजिएको मेलोडियस नम्बर ‘उदास थियो मेरो मन’ जेठ २३ गते बुधवार अर्थात् हिजो सामाजिक सञ्जाल युटुब मार्फत लिरिकल भिडियो  सार्वजनिक भएको हो।  बिनोद तिमल्सिनाको शब्द रहेको यस गीतको संगीत पनि सन्दीप आफैले नै भरेका हुन्।

योसँगै सन्दीपले क्रिकेटका अलावा आफूमा भएको संगीतप्रतिको रुचीलाई पनि बाहिर ल्याएका छन् । उनले गाएको यो गीत सुन्दा लाग्छ कुनै व्यवसायिक गायकले नै गाएका हुन्। निकै सरल शब्द र संगीतमा सजिएको यो गीत अवश्य पनि सन्दीपका समर्थक एवं शुभचिन्तकहरुले मन पराउने छन्।

हेर्नुस भिडियो:

प्रकाशित : बिहिबार, जेठ २४, २०७५१२:५२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

फेरी डाक्टर गोविन्द केसीको आमरण अनसन बस्ने !