गोप्य राखिएको चलचित्रको नाम बाहिरिएपछि निर्माता सेनलाई ठुलो झड्का !

Leaderboard Banner

काठमाडौं ,  चर्चित निर्माता सन्तोष सेनले आफ्नो चौथो चलचित्रको नाम ‘मेरी मामु’ जुराएका छन् । आफ्नै प्रोजेक्ट आसुसेन फिल्म पोडक्सनबाट निर्माण गर्न लागेको चलचित्रको नाम ‘मेरी मामु’ जुराएका हुन् । नेपाली फिल्म बजारमा उनले निर्माण गर्ने फिल्मको नाम सार्बजनिक भएपनि सेन स्वयमले भने यसबारे भने मुख खोलेका छैनन् ।

यद्यपी उनले चलचित्रको नाम त्यही नै भएको खुलासा भने गरेका छन् । आफूहरुले एक पत्रकार सम्मेलनको आयोजना गरेर मात्र चलचित्रको नाम सार्वजनिक गर्ने बताएका छन् ।

असारको पहिलो साता छायाकंनमा जाने र नयाँ फिल्ममा आफ्नै ६ बर्षीय छोरा आयुव सेनलाई डेब्यू गराउने यसअघि नै घोषणा गरिसकेका छन् । यसअघि निर्माण गरेका चलचित्र प्रेमगीत र प्रेमगीत–२ बाट अत्याधिक सफलता हात पारेर हौसिएका सेन दर्शकले चाहेजस्तो मुभी बनाउने सोचमा छन् ।

सेनका अनुसार आफूले निर्माण गर्न लागेको चलचित्रले आमा र छोराको सम्बन्धलाई दर्शाउने छ ।

प्रकाशित : बुधबार, जेठ २३, २०७५१८:४५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

माधुरी दिक्षितकै कारण यी चर्चित अभिनेत्रीले परिवर्तन गर्नुपर्यो आफ्नो थर!