मोदी फेरी भदौमा किन आउने भए नेपाल ?

Leaderboard Banner

काठमाडौँ । गत बैशाख २८ र २९ गते नेपालको ३ दिने राजकीय भ्रमण सकेर फर्किएका  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फेरि नेपाल आउने भएका छन् ।

प्रधानमन्त्री मोदी विमस्टेकको शिखर सम्मेलनमा भाग लिनको लागि नेपाल आउने भएका हुन्। मन्त्रिपरिषदको आईतबारको बसेको बैठकको निर्णयपछि अब विमस्टेकको शिखर सम्मेलन आगामी भदौमा हुने भएसँग मोदीलाई पुन चौथो पटक नेपाल आउने मौका मिलेको हो।

आगामी भदौमा बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशको प्रयास (विमस्टेक) को चौंथो शिखर सम्मेलन काठमाडौंमा हुने भएको छ । मन्त्रिपरिषद बैठकले आगामी भदौ १४ र १५ गते अथवा २१ र २२ गते विमस्टेकको सम्मेलन गर्ने प्रस्ताव सदस्य राष्ट्रहरुसँग निर्णय गरेको छ।

उक्त सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका साथै म्यान्मारकी नेतृ आङ सान सूची लगायतका अन्य एसियाली राष्ट्रका नेताहरु आगामी भदौमा काठमाडौँमा आउने भएका छन्।

अहिले नेपाल बिमिस्टेकको अध्यक्ष  रहेको छ । यस क्षेत्रीय संगठनको सदस्य राष्ट्रहरुमा बंगलादेश, भारत, श्रीलंका, थाइल्याण्ड, म्यान्मार, भूटान र नेपाल गरी ७ सदस्य राष्ट्र रहेका छन्।

प्रकाशित : बुधबार, जेठ २३, २०७५१८:५३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

मस्जिदमा गोलीहानी चार जनाको हत्या !