मोटर साईकलको आयात कर बढेसँगै बजाजले सार्वजनिक गर्यो नयाँ मूल्य [ मूल्यसूचीसहित ]

Leaderboard Banner

काठमाडौं । सरकारले आर्थिक वर्ष ०७५/७६ को बजेट भाषणमा १५० सिसी भन्दामाथिका मोटर साईकल तथा कारको आयात करमा वृद्धि गरेसँगै विभिन्न कम्पनीहरुले आफ्ना सवारी साधनहरुको नयाँ मुल्य निर्धारण गरी सार्वजानिक गर्न सुरु गरेका छन् ।

यसैबीच बजाज कम्पनीले पनि आफ्ना ब्रान्डका मोटरसाईकलहरुको नयाँ बिक्रि मूल्य निर्धारण गरेको छ।

हेर्नुस् मुल्यसूची यसप्रकार छ :

डोमिनार ४००को मूल्यमात्रै १ लाख ३० हजार रुपैयाँ बढेको छ । यसअघि ४ लाख ६९ हजार ९ सय रुपैयाँ रहेको डोमिनार अब ५ लाख ९९ हजार ९ सय पुग्नेछ ।

पल्सर १५० को मूल्य ७ हजार रुपैयाँ बढेको छ । पल्सर २२०मा २६ हजार मूल्य बढेको छ । पल्सर एभेन्जर २२०मा २२ हजार रुपैयाँ मूल्यवृद्धि भएको छ । पल्सर एभेन्जर १८०मा ३१ हजार रुपैयाँ मूल्य बढेको छ ।

प्रकाशित : बुधबार, जेठ २३, २०७५१८:२८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

हेर्नुहोस् विनियम दर आज यस्तो रहेको छ ! (सुचीसहित)