गाडीमा लुकाई राखेको ५० हजार घुससहित शाखा अधिकृत दास पक्राऊ !

Leaderboard Banner

काठमाडौँ ।जिल्ला प्रशासन कार्यालय सर्लाहीका शाखा अधिकृत सुरेश दासलाई घुस लिएको आरोपमा  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ।

उनले सेवाग्राहीसँग काम गरिदिए बापत पचास हजार रुपैयाँ लिएको पुष्ट जानकारीका आधरमा अख्तियार टोलीले उनलाई पक्राउ गरेको हो। बर्दिवासबाट खटिएको अख्तियारको टोलीले  अधिकृत दासलाई सर्लाही जिल्ला अदालत अगाडिको चोकबाट नियन्त्रणमा लिएको थियो । पक्राउ परेका शाखा अधिकृत दास चढेको बा ६ च ११८६ नम्बरको कारमा लुकाएर राखेको अवस्थामा घुस लिईएको पचास हजार रुपैयाँ पनि अख्तियारको टोलीले फेला पारेको छ।

अख्तियारको क्षेत्रिय कार्यालय हेटौंडाका निमित्त प्रमुख सन्तमणि आचार्यले सर्लाही अपरेशन सफल भएको र थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।

प्रकाशित : बुधबार, जेठ २३, २०७५१५:००

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

एक्कासी डुंगामा चट्याङ परेपछि फेवातालमा डुबेका सुप्रिल १० दिनपछि मृत अवस्थामा भेटिए !