खानीले बनाएको खण्डहर बस्ती

Leaderboard Banner

 

विगुल न्युज/ललितपुर ,मध्यललितपुरको टिकाभैरव पुलसँगै कान्तिलोकपथमा जोडिएको एउटा क्रसर छ । जुन क्रसर नख्खुखोलादेखि मुस्किलले २५ मिटर टाढा छ भने लोकमार्गबाट १० मिटर मात्रै ।
यो क्रसरले दिनभर ढुंगा पेल्छ । अनि ढुंगा ल्याउने र रोडा ओसार्न गाडीहरु दिनभर ओहोर दोहोर गर्छन् ।

ललितपुरकै नल्लु वासुकीस्थित सामुदायिक वनमा भयङ्गकर पहिरो देखिन्छ । खोलाको तिरबाट झण्डै २०० मिटर अग्लो पहिरोले बनै सखाप छ।
यो प्राकृतिक पहिरो भने होइन । यो ढुंगा खानीले खनेर बनाएको पहिरो हो । खानी संचालकले स्थानीय बासिन्दाको जग्गा किनेर खानी संचालन गरेपछि सरकारी बनसम्मै ढुंगा निकाले । अनि भयङ्गकर पहिरो बन्यो ।

चापागाँउ र लेले टिकाभैरवबीच पहरो छेडेर साँधुरो ठाँउमा नल्लु खोला बग्छ । यही खोला किनारामा ट्रिपर गुड्ने बाटो बनाइएको छ । बाटोले झण्डै आधा खोलाको भूभाग ओगट्छ । हिउद याममा चल्ने यो बाटो बर्षामा बाढीले नामोनिसाना नदेखिने गरि बगाउछ । तर हिउदमा दुरुस्तै अर्को बाटो बनिहाल्छ ।
विहानपख टिकाभैरवबाट नदि किनारै किनार नल्लुतिर जानुस् । केही माथि पुगेपछि एक टंकारले कानको जाली फुट्ने गरि चर्को स्वरमा क्रसर चलेको आवाज सुनिन्छ । यहाँ क्रसरसँगै जोडिएका घरमा बस्नेहरु दिनभर रेडियो सुन्न सक्दैनन् । कुरा गर्न चर्को स्वरले बोल्नु पर्छ । क्रसर वरपर शिर्खपा र गैरीगाँउमा झण्डै १ सय घरका बसिन्दा चर्को ध्वनी प्रदुषण सहन बाध्य छन् । क्रसरको कुइरीमण्डल धुलो र धुँवाको कुरै छाडौं ।

यी हुन् लेले नल्लु क्षेत्रको खानी र क्रसरका दृश्य । यहाँ पुग्ने जो कोही प्राकृतिक प्रकोप झैं लाग्ने खण्डहर बस्ती देख्न सक्छन् । बर्षैंअघिदेखि सरकारी मापदण्ड मिचेर संचालित खानी र क्रसर उद्योगले कानूनको धज्जी उडाएका छन् । खोला किनारामा संचालित क्रसरले रोडा पेल्दा निस्किएको माटो खोलामा फ्क्दा हिउदमा समेत बर्षे भेल झैं पानी बग्छ ।

टिकाभैरवदेखि बासुकी नल्लुसम्म सञ्चालित क्रसर उद्योग वरपर बाक्लो बस्ती छ । यहाँ हरेक दिन चल्ने क्रसरहरुको चर्को आवाजले स्थानीय बासिन्दा पिडित छन् । निरन्तर सुनिने चर्को आजावले रेडियो सुन्न टेलिभिजन हेर्न समेत मुस्किल छ । बासुकीको खानीमा ब्रेकर लगाएर ढुंगा फेर्दा भुकम्पले चर्कोको घर भत्कने हो की भन्ने त्रासमा स्थानीय त्रसित छन् ।
यहाँ दिनरात उड्ने धुलो र धुवाले वरपरका बासिन्दाको स्वास्थ्यमा समेत गम्भिर असर परिरहेको छ । यहाँका बासिन्दाको
स्थानीय सिखर्पा,गैरीगाँउ,लप्से बासुकीका स्थानीय बासिन्दा बारीमा लगाएको साजसव्जीमा धुलैधुलो टासिएको हुन्छ । स्थानीयले खाने मुलको पानी समेत धमिलो हुँदा स्वस्थ पानीको समेत अभाव छ ।

कस्तो छ मापदण्ड

नगरपालिका क्षेत्रमा स्थापना गर्न नपाइने, बफर जोनमा वृक्षरोपण, राजमार्ग र खोला किनाराबाट ५/५ सय मिटर, शिक्षण, स्वास्थ्य संस्था र धार्मिक, सांस्कृतिक र पुरातात्त्विक महत्त्वका स्थानबाट २/२ किमि टाढा हुनुपर्छ । वन, निकुञ्ज, आरक्षण र घना बस्तीबाट २/२ किमि टाढा हुनुपर्ने कानुनी व्यवस्था छ ।

प्रकाशित : आइतबार, जेठ २०, २०७५१४:३०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

सुन तस्करीका मुख्य लगानीकर्ता ‘एमके अग्रवाल’को घरमा प्रहरीको छापा! यस्ता महत्वपूर्ण कागजात फेला