पाल्पामा भएको बस दुर्घटनामा मृतकको संख्या १३ पुग्यो, मृतक१२ जना सनाखत [ नामसहित ]

Leaderboard Banner

काठमाडौँ । शुकबार पाल्पाको सदरमुकामबाट रामपुरका लागि हिंडेको यात्रुवाहक बस  रम्भा गाउँपालिका–४, हुमिनको धारादी वनमा दुर्घटनाग्रस्त भएको छ। यतिबेला बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ । १४ जना घाइते रहेका छन् ।

दुर्घटनामा परी मृत्यु हुने मध्ये १२ जनाको सनाखत भएको छ । प्रहरी उपरीक्षक दिल्लीराज पन्तका अनुसार मृत्यु हुनेमा तानसेन नगरपालिका–४ का विष्णुमान बज्राचार्य र कृष्णबहादुर बोहोरा, तानसेन– २ का लोकनाथ ढकाल, तानसेन– ३ का वसन्ती खाँड, देवेन्द्रलाल प्रधान, कृष्णमान बज्राचार्य, छत्रमान शाक्य र सुुशीलप्रसाद श्रेष्ठ, तानसेन– ६ का दुर्गाबहादुर सारु र गीता बुढाथोकी तथा तानसेन बजारका सचिन बज्राचार्य र कमला कार्की रहेका छन् । मृत्यु हुने मध्ये कृष्णबहादुर बोहरा डिभिजन सहकारी पाल्पाका प्रमुख हुन् ।

घाइते मध्ये १० जनाको युनाइटेड मिसन अस्पताल तानसेन र २ जनाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

रामपुरको अध्ययन अवलोकन भ्रमणमा निस्केको तानसेनको लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको टोली चढेको लु२ख ९७५ नं को बस आज बिहान दुर्घटनामा परेको हो ।

सदरमुकाम तानसेनबाट रामपुर भ्रमणका लागि जाँदै गरेको लक्ष्मी बचत तथा ऋण सहकारी संस्था तानसेनका सदस्य चढेको लु२ख ९७५ नम्बरको बस दुर्घटनामा परेको हो । बसमा २७ जना सवार थिए ।

प्रकाशित : शुक्रबार, जेठ १८, २०७५१५:०४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

खानीले बनाएको खण्डहर बस्ती