नौबिसे-नागढुंगादेखि यी ६ स्थानमा बन्ने भयो सुरुङमार्ग ! हेर्नुस् कहाँ कहाँ बन्दैछन्

Leaderboard Banner

काठमाडौँ । सरकारले काठमाडौँको प्रमुख प्रवेशद्वार नौबिसे-नागढुंगासहित देशका विभिन्न ६ स्थानहरुमा सुरुङमार्ग बनाउने भएको छ ।मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा पेश गरेको आर्थिक वर्ष २०७५/७६ को वार्षिक बजेटमा यस्ता परियोजनाको घोषणा गरिएको हो  ।

बजेटमा भनिएको छ, ‘आगामी आर्थिक वर्षमा नौबिसे-नागढुंगा खण्डमा सुरुङमार्ग निर्माण कार्य आरम्भ गरिने छ, टोखा-खहरे-गुर्जुभञ्ज्याङ, सिद्धार्थ राजमार्गको बुटवल पाल्पा सडकस्थित सिद्धबाबा खण्ड, अरनिको राजमार्गको कोटेश्वर-जडिबुटी खण्ड, बीपी लोकमार्गको खुर्कोट-चियाबारी खण्ड, बीपीनगर-खुटिया-दिपायल खण्ड र गणेशमानसिंह मार्गको थानकोट-चित्लाङ सडक खण्डमा सर्भेक्षण गरी सुरुङमार्ग निर्माणको काम सुरु गरिनेछ।’

साथै बजेट प्रस्तुत गर्दै खतिवडाले भने, जटिल किसिमका सुरुङ निर्माणका लागि उच्च प्रविधिका सुरुङ खन्ने मेसिन समेत ल्याइने छ।’

प्रकाशित : बुधबार, जेठ १६, २०७५११:५२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

काठमाडौँमा ब्यापारीलाई धम्क्याएर माषिक “भत्ता” उठाऊने सई पक्राऊ !