संसदमा गगन थापा गर्जिए – ‘प्रधानमन्त्री ओली राजा होइबक्सन्न ।’

Leaderboard Banner

काठमाडौं । तत्कालिन नेकपा माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई सरकारले माफी दिइएको विषयमा नेपाली काँग्रेसले कडा विरोध गरेको छ।

मंगलबार संघीय संसदको शून्य समयमा बोल्दै नेपाली कांग्रेसका प्रभावशाली युवा नेता एवं काठमाडौँ क्षेत्र ४ का सांसद गगन थापाले बालकृष्ण ढुंगेललाई सरकारले आम माफी दिँदै  रिहा गरिएकोमा गम्भीर आपत्ति जनाएका छन् । ‘ढुंगेललाई रिहा गरेर सरकारले विधिको शासनको उल्लंघन गर्यो’,  थापाले भने ।

थापाले बालकृष्णको चालनचलन ठीक छ भनेर आफू खुसि निर्णय सरकारले गर्न नपाउने बताए । थापाले निकै आक्रामक शैलीमा भने, ‘के यहि हो, गणतन्त्र ?  राजतन्त्र होइन । प्रधानमन्त्री ओली राजा होइबक्सन्न ।’

सर्वोच्च अदालतद्वारा सर्वश्वसहित जन्मकैदको फैसला भई जेलमा सजाय काटिरहेका ढुंगेलको चालचलन राम्रो भएको भन्दै सरकारले आज मंगलबार गणतन्त्र दिवसको अवसरमा  रिहा गरेको हो।

प्रकाशित : मङ्गलबार, जेठ १५, २०७५१७:०२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

बालकृष्ण ढुंगेललाई माफी दिने काम अदालतलाई ढाँटेर गरियो !