फोरम नेपालद्वारा सरकारमा जाने निर्णय: आजै मन्त्रीपरिषद् विस्तारको तयारी

Leaderboard Banner

काठमाडौं । उपेन्द्र यादवको नेतृत्वमा रहेको संघीय समाजवादी फोरमले सरकारमा जाने निर्णय गरेको  छ।

सोमबार संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय प्रधानमन्त्री  केपी शर्मा ओली तथा प्रचण्डबीच फोरम सरकारमा जाने विषयमा दुई बुँदे सहमति पत्रमा हस्ताक्षर भएको हो।

सरकारमा सहभागी हुन गरिएको सहमति पत्रमा  क्रममा उठाएका मागहरुका सम्बन्धमा संविधानसंग सम्बन्धित विषयहरु देशको हित हुनेगरी आपसी सहमतिमा गरिने भनि उल्लेख गरिएको छ।

उक्त सहमति पत्रमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओली र प्रचण्ड फोरम अध्यक्ष यादवले हस्ताक्षर  गरेका छन्। यो सँगै आब ओली सरकारले पूर्णता पाएको छ।

यसघि ओलीले फोरम सरकारमा आउने मौखिक सहमति भएको भन्दै दूई ओटा मन्त्रालय खाली नै राखेर बसेका थिए।

यस्तो छ सहमति पत्र:

प्रकाशित : सोमबार, जेठ १४, २०७५१२:३०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

अपर तामाकोसीबाट आउँदो पुस मसान्तदेखि विद्युत् उत्पादन कार्य सुरु हुने – कुलमान घिसिङ