युगाण्डामा भएको सडक दुर्घटनामा १९ को मृत्यु

Leaderboard Banner

कम्पला, १२ जेठ : युगाण्डामा शुक्रबार राति भएको बस दुर्घटनामा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ ।

युगाण्डाको किर्यान्डोङगो जिल्लामा भएको सो दुर्घटनामा परी अरु कैयौँ घाइते भएको अधिकारीले जानकारी दिएका छन् ।

मृत्यु भएकामध्ये तीन जना बालबालिका रहेका यहाँको एक स्थानीय प्रहरी कार्यालयद्वारा जारी वक्तव्यमा उल्लेख छ ।

घटनामा परी घाइते भएकालाई तत्काल उद्धार गरी किर्यान्डोङगो अस्पतालमा उपचार गराइएको छ ।

युगाण्डाको लिरा जिल्लाबाट राजधानी कम्पलातर्फ जाँदै गरेको बस दुर्घटनामा परेको प्रहरी प्रवक्ता इमिलियन कायीमाले जानकारी दिनुभयो ।

पूर्बी अफ्रिकी मुलुक युगाण्डामा हरेक वर्ष कम्तीमा २० हजार दुर्घटना हुन्छन् र ती दुर्घटनामा परी कम्तीमा पनि दुई हजार जनाको मृत्यु हुने गरेको पाइन्छ । (रासस÷सिन्ह्वा)

प्रकाशित : शनिबार, जेठ १२, २०७५१७:३३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

भत्काइयो धरहरा आसपासका १ होटल र १३ सटर!