विश्वकप फुटबल २०१८ को अफिसियल गीत सार्वजनिक: यस्तो छ गीत [ भिडियो ]

Leaderboard Banner

काठमाडौं । विश्वकप फुटबल २०१८ को अफिसियल गीत सार्वजनिक भएको छ। आउँदो मे १५ गते रसियामा हुने विश्वकप फुटबलका लागि बनेको आधिकारिक गीत ‘लिभ इट अप’ को अडियो भर्जन सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक भएको हो ।

यो गीत अमेरिकन डिजे तथा गीतकार डिप्लोले बनाएका हुन् भने यसमा स्वर भने अमेरिकन गायक निकी जाम, र्‍यापर विल स्मिथ र अल्वानियाकी इरा इस्ट्रेफीको रहेको छ ।

अहिले अडियो सार्वजनिक गरिएको गीत ३ मिनेट २८ सेकेन्ड लामोरहेको छ। यसको  यो भिडियो भने ७ जुनमा सार्वजनिक हुने बताईएको छ। विश्वकप आगामी जुन १५  मा सुरु भई जुलाई १५ मा सकिने छ ।

हेर्नुस् भिडियो:

प्रकाशित : शुक्रबार, जेठ ११, २०७५१७:०५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

एबी डिविलियर्सबारे चलेका ५ गलत हल्ला: जुन सबैले सत्य मान्छन् तर सच्चाई भने अर्कै छ !