एबी डिविलियर्सबारे चलेका ५ गलत हल्ला: जुन सबैले सत्य मान्छन् तर सच्चाई भने अर्कै छ !

Leaderboard Banner

एजेन्सी । साउथ अफ्रिकाका महान क्रिकेटर एबी डिविलियर्सले बुधबार अर्थात् ( २३ मे २०१८ ) बाट अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन्। एविले क्रिकेटका सबै फर्म्याटबाट सन्यास लिएका छन्। अबदेखि क्रिकेटप्रेमी तथा उनका फ्यानहरुले उनलाई कुनै पनि प्रकारको अन्तराष्ट्रिय क्रिकेट खेले खेलेको देख्न पाउने छैनन्।

१४ वर्षको क्रिकेटिङ करियरमा एविले थुप्रै उपलब्धीहरु हँसिल गरेका छन्। धुरन्धुर ब्याट्सम्यानको रुपमा विश्वभर चर्चित उनीबारे केहि यस्ता गलत/झुट कुराहरु फैलिएका छन् जुन आम दर्शकले सहि मानिरहेका छन्। तर ती कुराको वास्तविकता बिल्कुलै फरक छ। मिस्टर ३६०को नामले चर्चित एबी डिविलियर्स अब अन्तराष्ट्रिय क्रिकेटमा देखिने छैनन्। एबी डिविलियर्स यस्ता खेलाडी जुन जो आफनो देशमा मात्र नभएर विश्वभर निकै चर्चित छन्। खासगरी उनको भलादमीपन र अचम्मलाग्दा ब्याटिङ सटका कारण पनि उनलाई मन पराउने क्रिकेटप्रेमीको संख्या निकै धेरै छ। सम्भवत क्रिकेट मन पराउने दर्शकले एबी डिविलियर्सलाई मन नपराउने भन्ने सम्भावना लगभग शून्यप्राय: छ भन्दा पनि फरक पर्दैन।

खासगरी भारतमा आइपिएल खेल्न थालेपछि उनको खेल कला, नरमपन र मन्द मुस्कानको धेरै कायल प्रसंशसक बनेका छन्। जब बुधबार डिविलियर्सको सन्यासको हल्ला फैलियो तब उनका फ्यानहरुले सामाजिक सञ्जालमा उनलाई सन्यास नलिन भन्दै उनको तस्विरसहित आग्रह गरेर पोष्ट गरिरहेका छन्। यो क्रम अहिले पनि जारी छ। डिविलियर्सका फ्यानहरु नेपालमा पनि थुप्रै रहेका छन्। नेपालमा पनि उनका फ्यानहरु एबीको सन्यासको खबर दुखित बनाएको भन्दै आफ्ना फेसबुक र ट्वीटर भित्तामा लेखेको पाईएको छ।

त्यस्तै एबी डिविलियर्सको रिटायरमेन्टको खबर संसारभर फैलिने बित्तिकै सामाजिक संजालमा डिविलियर्ससँग जोडिएका थुप्रै खबरहरु भाइरल भैरहेका छन्।
यसैबीच एउटा यस्तो खबर पनि आयो की कैयौं वर्षदेखि डिविलियर्सबारे झुट कुराहरु भाइरल भैरहेको रहेछ। एउटा त यस्तो खबर पनि आयो की, डिविलियर्स अलराउण्डर हुन्। यदि तपाई डिविलियर्सको ठूलो फ्यान हुनुहुन्छ भने यो कुरा अवश्य सुन्नु या पढ्नु भएको पनि थियो होला। डिविलियर्स सिर्फ क्रिकेट मात्र हैनन् अन्य खेलहरुको पनि राष्ट्रिय च्याम्पियन खेलाडी हुन्,जस्तै हकी, फुटबल, रग्बी र स्वीमिङ आदि आदि…। तर, यी कुराहरुको सच्चाई भने निकै फरक ।

डिविलियर्सबारे फैलिएका ५ झुट/ गलत हल्लाहरु जो मानिसहरुले सहि मानिरहेका थिए:

२०१६ मा डिविलियर्सले आफ्नो व्यक्तिगत जीवनका निजी कुराहरु तथा आफ्नो क्रिकेटिङ करियरका थुप्रै अनुभवहरु समेटेर एउटा किताब लेखेका थिए। उक्त किताबको नाम हो,  ‘एबी : द आटोबायोग्राफी’ । त्यो किताबमा डिविलियर्स ती कुराहरुका बारेमा पनि लेखेका छन्, जुन खासमा अफाह थिए।

पहिलो अफवाह –
एबी डिविलियर्स साउथ अफ्रीकाका नेशनल हकी प्लेयर थिए।
सच्चार्इ –
डिविलियर्सले आफ्नो पुस्तकमा लेखेका छन् की, उनलाई अफ्रीकाको राष्ट्रिय हकी टिममा कहिल्यै पनि छनोट गरिएको थिएन। यद्यपि उनी स्कूल पढ्दा हकी भने खेल्ने गर्थे।

दास्रो अफवाह –
डिविलियर्स साउथ अफ्रीकाबाट फुटबल पनि खेलेका छन्।
सच्चार्इ –
एबीले यस कुरा सतप्रतिशत गलत भएको बताएका छन्। उनी कहिल्यै पनि साउथ अफ्रिकाको फुटबल टिमको सदस्य थिएनन्। तरम उनी स्कूल पढ्दाको समयमा फुटबल खेल्ने चाहिं गर्थे। उनले साथीहरु तथा बच्चाहरुसँग फुटबल भने निकै खेल्ने गरेको पुस्तकमा पनि लेखेका छन्। तर उनी राष्ट्रिय टोलीबाट समेत फुटबल खेलेको भन्ने कुरा सरासर झुठ हो।  डिविलियर्सले ठट्टा गर्दै भने छन्, ‘बरु क्रिकेट खेल भन्दा पहिले वार्म-अपको लागि भने फुटबल धेरै पटका खेलेको छु।’

तस्रो अफवाह –
डिविलियर्स जुनियर रग्बी टीमका कप्तान समेत भएका थिए।
सच्चार्इ –
यस विषयमा एबीले भनेका छन्, मैले कहिल्यै पनि रग्बी खेल खेलेको छैन।

चौंथो अफवाह –
नेशनल स्कूल स्वीमिंगमा डिविलियर्सले ६ ओटा मेडल जितेका थिए।
सच्चार्इ –
एवीले यस विषयमा पनि स्कूल लेवलमा आफुले एक पटक मात्र स्वीमिंग गरेको बताएका छन्ए। त्यसैकारण मेरो कुनै पनि नेशनल र स्कूल स्वीमिंग लेबलका मैले मेडल जितेको छैन।

पाँचौँ अफवाह –
राष्ट्रिय १९ वर्ष मुनिको ब्याडमिन्टन च्याम्पियन हुन्, एबी डिविलियर्स।
सच्चार्इ –
यो गलत हल्लाका बारेमा डिविलियर्सले आफ्नो पुस्तकमा लेख्छन्, ‘मलाई याद भए सम्म म सिर्फ एक पटक  ब्याडमिन्टन खेलेको छु, त्यो पनि  क्रिकेटर मार्क बाउचरसँग।’

प्रकाशित : शुक्रबार, जेठ ११, २०७५१९:०२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

फिफा विश्वकप – १९ दिन बाँकी