“गोरे” ले ३३ किलो सुन लुट्ने लुटेरा र सुनका मालिकबारे मुख खोले…

Leaderboard Banner

काठमाण्डौ । ३८ क्वीन्टल सुन तस्करी प्रकरणका मुख्य नाइके भनिएका चुडामणि उप्रेती ‘गोरे’ पक्राउ परेपछि उनले दिएका बयानबाट थुप्रै तथ्यहरु पत्ता लागेको छानबिन समितिले जनाएको छ ।

३३ किलो सुन र सनम हत्या काण्डपछी साथमा आएको सुन तस्करीको सुन तस्करी प्रकरणको छानबिन तथा अनुसन्धान गर्न गठन गरिएको छानबिन समितिका संयोजक ईश्वरीराज पौडेलले गोरेले सुन तस्करीबाट धेरै तथ्यहरु खोलेको र अन्य विवरणहरु आउँन लागेको पनि उनले बताए। उनले भने, “गोरेसँगको सोधपुछका क्रममा अन्य थुप्रै सुचनाहरु प्राप्त भएका छन् । अहिलेसम्म पक्राउ गरिएकाबाहेक अरु व्यक्तिका बारेमा पनि उनले दिएको बयानका आधारमा अब गहन अनुसन्धान प्रक्रिया अगाडि बढाउर्छौँ ।”

संयोजक पौडेलले पुन थपे,  ‘अन्य तथ्य र प्रमाणहरु पनि प्राप्त भएको छन् ति विषयमा पनि गहिराइमा पुगेरै अनुसन्धान गर्दैछौं ।’ तस्करीको अनुसन्धान निकै जटिल र गम्भीर प्रकारको रहेको उनले बताए। यस अघि नै गृहमन्त्री राम बहादुर थापा बादलले पनि पौडेलले भने झैँ  सुन तस्करी प्रकरण जेरी जस्तै जेलिएको र यसको गम्भीर अनुसन्धान गरिनु पर्ने र गर्ने प्रतिबद्धता समेत गरेका थिए।

समितिले गरेको अनुसन्धानको क्रममा गोरेले आफू तस्करीमा संलगन भएको स्वीकार गरेका तर उनले उक्त सुन भने आफ्नो नभएको बताएका छन्। समितिका एक सदयाले दिएको जानकारी अनुसार गोरेले आफू सुन तस्कर नभई भरिया मात्र भएको बताएका छन्। गोरेका अनुसार बिमानस्थलबाट आएको सुन संम्बन्धी निकाय सम्म पर्याए वापत उनले कमिसन मात्र पाउने गर्थे।

गोरेकै बयानलाई आधार मान्ने हो भने उक्त हराएको भनिएको साढे ३३ किलो सुन भुजुङ गुरुङको समुहले लुटेका रहेछन्। त्यसैगरी उक्त सुनका मालिका एम के अर्थात् मोहित कुमार अग्रवाल रहेको गोरेले बताएका छन्। बयानका क्रममा गोरेले भने, ‘३३ किलो सुन हराएपछि अग्रवालले मलाई चरम दवाव र यातना समेत दिए, त्यसपछि मैले विमानस्थलका कर्मचारी र सनम लगायतलाई बोलाएर खाने पिउने वतावरण मिलाएर सुन कता छ भनी सोधेको हुँ।’

गोरेले उक्त  सुन तस्करीमा अहिले घटनामा तानिएका बहेका अरु प्रहरी र व्यापारीहरु समेत संलग्न रहेको भन्दै उनिहरुको नाम समेत खुलाएको स्रोतले बतायो । धेरै जस्तो  दुवई हुँदै नेपाल तस्करी गरेर ल्याएको सुन धेरै जस्तो भारत र केहि मात्रामा मात्र नेपालमा विक्री हुने गरेको उनले बयानका क्रममा बताएका छन् ।

यतिबेला मोरङ जिल्ला अदालतमा छानविन समितिले ६३ जनालाई प्रतिवादी बनाएर मुद्धा दर्ता गरी प्रक्रिया अगाडि बढाई सकेको छ।

प्रकाशित : शुक्रबार, जेठ ११, २०७५१३:१७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

गुल्मीको छात्रकोटमा एक जना व्यक्ति मृत अवस्थामा भेटीए !