सामान्य विवाद हुँदा डम्मरले बन्चरो प्रहार गर्दा किशोरको मृत्यु

Leaderboard Banner

काठमाडौँ । ताप्लेजुङमा बन्चरो प्रहारबाट एक जान मनिसको ज्यान गएको छ। जिल्लाको आठराई त्रिवेणी गाउँपालिका ५ मा पर्ने चाँगे भन्ने ठाउँमा एउटा समान्य विवाद हुँदा छिमेकीले बन्चरोले प्रहार गर्दा एक जना युवकको ज्यान गेरको छ ।

प्रहरीका अनुसार दुई छिमेकी सामान्य विवाद भएपछी बन्चरो प्रहार गर्दा घाईते भएका  स्थानीय ३५ का किशोर लिम्बुको उपचारकै क्रममा ज्यान गएको हो

गत सोमबार दिउँसो सामान्य विवाद पछि साँझ स्थानीय डम्बर लिम्बुले बन्चरो प्रहार गरेका थिए । घाईते लिम्बुलाई सोमबार साँझ नै जिल्ला अस्पताल ताप्लेजुङमा ल्याईए पनि यहाँ उपचार सम्भव नभए पछि मंगलबार विहान जिल्ला बाहिर रेफर गरिएको थियो । उनको विराटनगर स्थित नोवेल अस्पतालमा उपचारकै क्रममा मंगलबार मृत्यु भएको हो ।

बन्चरोल प्रहार गरी हत्या गर्ने  लिम्बुलाई घटना भए लगत्तै प्रहरीले पक्राउ गरी थप अनुसन्धान प्रक्रिया आगाडि बढाएको छ।

पक्राउ एको छ ।

प्रकाशित : बिहिबार, जेठ १०, २०७५११:००

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

आज सुनचाँदीको मुल्य स्थिर, यस्तो छ आजको भाउ!