पश्चिम सिराहा जाँदै गरेको बस दुर्घटना हुँदा एकको मृत्यु

Leaderboard Banner
सांकेतिक तस्विर

 सुनसरीको धरानबाट इटहरी हुँदै पश्चिम सिराहाका लागि हिँडेको ना४ख ४२५८ नंको बस इटहरी–४ हलगडामा आज दिउँसो दुर्घटना हुँदा एक यात्रुको मृत्यु भएको छ । उक्त घटनामा अन्य १६ जना यात्रु सामान्य घाइते भएका छन् ।

पूर्वक्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार उक्त दुर्घटनामा सोही बसमा यात्रारत सिरहा नगरपालिका– १९ का ६५ वर्षीय रामआशिष यादवको घटनास्थलमा नै मृत्यु भएको छ ।

बस दुर्घटनामा सामान्य घाइते भएका सबै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारपछि घर फर्किसकेको पनि ट्राफिक प्रहरीले जानकारी दिएको छ । घटनामा परी मृत्यु भएका यादवको शव परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।

दुर्घटनामा परेका बसका चालक सिरहा नगरपालिकाकै ३२ वर्षीय गङ्गाराम महतोलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित : बुधबार, जेठ ०९, २०७५१७:५०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

गृहमन्त्री थापाको सम्पतिको नाममा २ कुकुर, श्रममन्त्री विष्टको भने दुई गोरू, १ भैंसी,२ गाई र ४ बाख्रा