क्रिकेटर सन्दीपले पाए कार उपहार: ३ वर्षको लागि सिप्रदीको ब्राण्ड एम्बेसडर

Leaderboard Banner

काठमाडौँ । हिजो मात्रै इण्डियन प्रिमियर लिग क्रिकेट (आइपिएल) खेलेर स्वदेश फर्केका १७ वर्षीय किकेटर सन्दिप लामिछाने टाटा मोटर्स नेपालको लागि अधिकारिक बिक्रेता  सिप्रदी ट्रेडिङ प्रालीकाे ब्राण्ड एम्बेसडर भएका छन्।

सिप्रदी ट्रेडिङ प्रालिले क्रिकेटर सन्दीपलाई तीन वर्षका लागि आफ्नो ब्राण्ड एम्बेसडर घोषणा गर्दै एउटा कार उपहार दिने निर्णय गरेको छ ।सिप्रदी ट्रेडिङ प्रालीले सन्दीपलाई टाटा मोटर्सको टिगोर कार दिने भएको हो।

आइपिएल खेल्ने पहिलो नेपाली खेलाडी बनेका सन्दिपलाई दिल्ली डेयर डेभिल्सले २० लाख भारु अनुबन्धित गरेको थियो।

उनले दिल्ली प्लेअफ दौडबाट बाहिर भैसकेको अवस्थामा दिल्लीको समूह चरणका अन्तिम तीन खेल खेलेका थिए। जसमा उनले उत्कृस्ट बलिङ गर्दै  ८४ रन खचेर पाँच विकेट लिएका थिए ।

प्रकाशित : बुधबार, जेठ ०९, २०७५१७:१६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

आईपीएल २०१८ मा दिल्ली डेयरडेविल्सको ३ ठूला खोज ! सन्दीपका बारे के भन्छ दिल्ली ?