यी हुन्, ओली सरकारका सबैभन्दा धनि मन्त्री: कति छ सम्पति ?

Leaderboard Banner

काठमाडौँ । केपी शर्मा ओली नेतृत्वको सरकारले आफ्ना मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनकि गरेको छ ।

सरकारले सार्वजनिक गरेको सम्पति विवरण अनुसार ओली सरकारका सबैभन्दा धनी मन्त्री बनेका छन्, भौतिक पूर्वाधार तथा यातायात मन्त्री, रघुबीर महासेठ।  महासेठले दिएको सम्पति विवरणअनुसार उनको कूल चल-अचल सम्पत्तिको हिसाव किताव गर्दा अर्ब बढीको सम्पत्ति  हुन  आऊँछ ।

सार्वजनिक सम्पति विवरण अनुसार महासेठकी पत्नी जुली कुमारी महतोको नाममा जनकपुर उपमहानगरपालिका – ९ मा ४२०० वर्गफिटको साढे दुई तल्ला घर रहेको उल्लेख छ । त्यसैगरी जुलिकै नाममा ललितपुर महानगरपालिकामा पनि ५८०० वर्गफिटमा साढे दुई तल्ला घर छ ।

महासेठकै पत्नीको नाममा धनुषामा पनि ८ विघा र ५ कठ्ठा, सिन्धुली कमलामाइमा ५ कठ्ठा, ललितपुर महानगरपालिकामा २ रोपनी १३ आना, १ रोपनी ७ आनाको कित्ता देखिन्छ । मन्त्री महासेठको नाममा भने जम्मा १ विघा १५ कठ्ठा जमिन मात्र भएको उल्लेख छ।

चल सम्पतिको हकमा महासेठले आफुसँग ७२ लाख रुपैयाँ नगद रहेको विवरणमा पेश गरेका छन्। बहुमूल्य सुन महासेठसँग ५२ तोला सुन रहेको विवरणमा उल्लेख छ । उक्त सुन मध्ये २७ तोला पैतृक सम्पतिबाट आर्जन भएको देखिन्छ भने २५ तोलो दाइजो स्वरूप आएको उल्लेख छ। उनीसँग चाँदी भने डेढ किलो रहेको छ ।

त्यसैगरी महासेठसँग ४० करोड रुपैयाँ बराबरको सेयर पनि छ । उनको विभिन्न कम्पनी र बैंकमा शेयर रहेको देखिन्छ। यसबाहेक उनको सगोलको सम्पति १४७ विघाभन्दा बढी जमिन रहेको छ । मन्त्रीका श्रीमान् श्रीमतीको २३ करोड ऋण रहेको सम्पति विवरणमा उल्लेख गरेका छन्।

प्रकाशित : बुधबार, जेठ ०९, २०७५१६:२१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

किन नेकपाले केन्द्रिय सदस्यहरुलाई नागरिकता लिएर बैठकमा आउन निर्देशन दियो ?