सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको सम्पति कति ? हेर्नुस् पूर्ण विवरण

Leaderboard Banner

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारका मन्त्रीहरुको आ-आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

यसैबीच संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सार्वजनिक गरेको सम्पति विवरण अनुसार पण्डितसँग एभरेष्ट बैंकमा रहेको मुद्दती खातामा २५ लाख  बैंक व्यालेन्स रहेको उल्लेख छ । त्यो रकम पैत्रिक भएको जनाईएको छ । त्यसैगरी मन्त्री पण्डितकी पत्नी विमला पण्डितसँग एभरेस्ट बैंक र कृषि विकास बैंकका मुद्दती खाता अन्तर्गत ३० लाख रहेको छ। उक्त सम्पति उनले स्वआर्जन, पैत्रिक तथा व्याजमार्फत आर्जन भएको जानाएका छन्।

अचल सम्पतितर्फ भने मन्त्री पण्डितसँग ४ विघा २ कठ्ठा जमिन रहेको उल्लेख छ। सार्वजनिक विवरण अनुसार उनको जमिन पैतृक रुपमा आर्जन भएको भनी उल्लेख छ ।

त्यस्तै सगोलको ४ आना जग्गा ललितपुरको भैसेपाटीमा रहेको र पैत्रिक रुपमा प्राप्त गरेको उल्लेख गरेका छन् । मन्त्री पण्डितले सम्पत्ति विवरणमा पत्नी विमला पण्डितसँग १० तोला सुन र १५ तोला चाँदी रहेको उल्लेख गरेका छन् जुन पैत्रिकरुपमा प्राप्त भएको जनाइएको छ ।

साईकलप्रेमी समेत रहेका मन्त्री पण्डितले सम्पति विवरणमा सवारी साधन भन्ने शिर्षकमा एक थान पुरानो साइकल भनेर लेखेका छन् ।

प्रकाशित : बुधबार, जेठ ०९, २०७५१५:५५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

यी हुन्, ओली सरकारका सबैभन्दा धनि मन्त्री: कति छ सम्पति ?