प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गरे आफ्नो सम्पति विवरण : हेर्नुस् कति छ सम्पति ?

Leaderboard Banner

काठमाडौं । बुधबार प्रधानमन्त्री केपी शर्मा ओली तथा उनको नेतृत्वको सरकारका मन्त्रीहरुले आ-आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

आज सार्वजनिक गरिएको विवरण अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीसँग श्रीमती राधिको शाक्यसहितको गरेर ७७ लाख रुपैयाँ बैंक ब्यालेन्स भएको उल्लेख छ। प्रम ओलीको नाम एभरेस्ट बैंकमा जम्मा ४२ लाख रकम रहेको र पत्नी राधिका शाक्यको नाममा माछापुच्छ्रे बैंक, त्यस्तै प्रभु बैंक राष्ट्रिय पत्रमा गरी जम्मा ३५ लाख भएको विवरणमा जनाईएको छ।

ओली पत्नी राधिका नेपाल राष्ट्र बैंककी पूर्व प्रथम श्रेणीकी कर्मचारी समेत हुन् । त्यस्तै प्रम पत्नी राधिकाकै नाममा भक्तपुर सूर्यविनायक नगरपालिका २ मा साढे एक रोपनी जग्गामा बनेको तीन तल्ले दुईबटा घर रहेको पनि सम्पति विवरणमा उल्लेख छ।

शाक्यकै नाममा झापामा पनि १० कठ्ठा जमिन रहेको उल्लेख गरिएको छ। जुन स्वआर्जनबाट सम्पतिबाट प्राप्त भएको उल्लेख छ।  ओलीले सार्वजनिक गरेको सम्पति विवरणमा सुनका गरगहना १७ तोला रहेको बताईएको छ ।

प्रकाशित : बुधबार, जेठ ०९, २०७५१५:०९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

पश्चिम सिराहा जाँदै गरेको बस दुर्घटना हुँदा एकको मृत्यु