तस्करलाई संरक्षण दिने प्रहरीको नाम दिनुस्, ‘म तत्काल एक्सन लिन्छु’- गृहमन्त्री थापा

Leaderboard Banner

काठमाडौँ । पछिल्लो समय यातायात व्यवसायीको सिन्डिकेट अन्त्य गरेर जनताको नजरमा राम्रो छाप छोड्न सफल गृहमन्त्री राम बहादुर थापा ‘बादल’ले अब तस्करलाई तह लगाउने उद्घोष गरिसकेका छन्।

यसैबिच मन्त्री थापाले सुन तस्करलाई संरक्षण दिन खोज्ने प्रहरीको नाम दिन प्रहरी प्रशासनलाई आग्रह गरेका छन् । त्यसक्रममा उनले भने, ‘त्यस्ता व्यक्तिको नाम दिनुहोस्, ‘अन द स्पट’ कारबाही गर्छु ।’ सुन तस्करी काण्डका बारेमा कुरा गर्दै उनले भरिया मात्र समातिने तर मालिक नभेटिने यस्तो पनि हुन्छ ? अब कानूनको कठघराबाट त्यस्ता तस्करका मालिक उम्कन पाउने छैनन्। गृहमन्त्री थापाले भने ‘अब   यस कामको थालनी भैसक्यो, तस्करहरु को हुन्, उनीहरुलाई प्रहरीले संरक्षण गरेको छ भने ती व्यक्तिको नाम दिनुस् । अन द स्पट कारबाही गर्छौं ।’

देश विकास आपराध र अपराधीलाई सखाप नपारे साम सम्भव नभएको भन्दै अब शुद्धीद्धकरण अभियानले निरन्तरता र तिब्रता पौने पनि उनले प्रतिवद्धता जनाए। त्यस्तै थापाले अर्को प्रसङ्गमा कुरा गर्दै भने, ‘कतै पनि एकाधिकार र सिन्डिकेटको गुन्जाइस नहोस त्यसमा हामी सधै कटिबद्ध छौं।’

प्रकाशित : बुधबार, जेठ ०९, २०७५१२:३९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको सम्पति कति ? हेर्नुस् पूर्ण विवरण