बढ्यो सुनचाँदीको मुल्य, यस्तो छ आजको भाउ!

Leaderboard Banner

काठमाडौँ । आज  बुधबार नेपाली बजारमा  सुनको मुल्य तोलामा  ३ सय रुपैयाले बढेको छ । मंगलबार प्रतितोला ५८ हजार ६ सय रुपैयामा कायम रहेको  छापावाला सुनको मुल्य आज प्रतितोला ५८ हजार ९ सय रुपैयामा कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यसैगरी, आज तेजावी सुनको मूल्यको ५८ हजार  ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मुल्य  पनि तोलामा ५ रुपैयाले बढेको छ। मंगलबार प्रतितोला ७ सय ७०  रुपैयामा कारोबार भैरहेको चाँदीको मुल्य आज तोलामा ७ सय ७५ रुपैयामा कायम रहेको महासंघले जनाएको छ।

प्रकाशित : बुधबार, जेठ ०९, २०७५११:२०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

आलुको बोराभित्र लागु औषध लुकाई छिपाई ल्याउँदै गरेका बाबुछोरा पक्राउ