मुख्यमन्त्रीको पद नै खुस्किने देखिएपछि लालबाबु राउतको अभिव्यक्तिको उग्रता सेलायो

Leaderboard Banner

काठमाडौं । मोदीको नेपाल भ्रमणका बेला नेपालको अन्तरिक मामलामा गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएर पछिल्लो समय विवादित बनिरहेका प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको यतिबेला भने अभिव्यक्तिको उग्रतापन सेलाउन लागेको छ।

जतिबेला पनि उग्र अभिव्यक्ति दिने र केन्द्र सरकारको सत्तोसराप गर्ने मुख्यमन्त्री राउतले यतिबेला भने आफ्नो अभिव्यक्तिहरुमा नरमपन ल्याउन लागेका छन्। बुधबार नेपाली रेडियो नेटवर्कको एउटा कार्यक्रम अन्तर्वार्ता दिँदै मुख्यमन्त्री राउतले आफु दिएको अभिव्यक्तिलाई मिडियाले अन्वाश्य विवादमा ल्याईदिएको समेत आरोप लगाए।

उनले भने, ‘मैले संविधान संसोधन विषयमा सधै बोल्दै आएकै कुरा हो,  मोदीको अगाडी बोलेर के बिगारें ? तर, मलाई मिडियाले मलाई त्यसै विवादमा तान्यो।’ अमेरिका जान केन्द्र सरकार नदिएको विषयमा बोल्दै उनले आफुलाई केन्द्र सरकार अन्याय गरेको बताए। आफू अमेरिकामा रहेका मधेसी समुदायलाई भेट्न जान लागेको भए पनि विखण्डनकारीको कार्यक्रममा जान लागेको भनेर मिडियाले हल्ला गरेक्लो पनि उनले आरोप लगाए। यद्यपी, मिडियाले बिना कुनै प्रमाण या कारण समाचार भने सम्प्रेसन नगरेको हुन् सक्छ।

अन्तरवार्ताका क्रममा मुख्यमन्त्री राउत प्रम ओलीप्रति केहि नरम देखिन्थे। उनले संघिय सरकारको निर्देशनमा प्रदेशमा काम गरिने पनि बताए। ओलीको सधैँ विरुद्धमा कडा अभिव्यक्ति दिईरहने गरेका राउत एकाएक परिवर्तन हुनुमा पछिल्लो समय नेकपाले दुई नम्बर प्रदेशमा आफुहरुले दिएको समर्थन फिर्ता लिने बताएकाले पनि हुन्ति सक्छ।

यस अघि प्रदेश २ का मुख्यमन्त्री राउतले संविधान, कानूनी र आफ्नो मर्यादा बिर्सेर गैरजिम्मेवार अभिव्यक्ति दिने र क्रियाकलाप गर्न थालेपछि प्रधानमन्त्री ओलीले संसदमा नै असन्तुष्टि पोखेका थिए । यति मात्र हैन नेकपाले मुख्यमन्त्री राउतको व्यवहारमा कुनै पनि सुधार नभएको भन्दै प्रदेश २ को समर्थन फिर्ता गर्ने निष्कर्षमै पुगेको पनि बुझिएको छ।

त्यसैले पनि हुन सक्छ मुख्यमन्त्री पदको कुर्सीमा संकट पर्ने देखेपछी राउतले आफुलाई र आफ्ना अभिव्यक्तिलाई लगाम लगाउनेतर्फ लाग्दैछन्। त्यसैगरी राउतले हिन्दी भाषामा बोल्नुपर्ने आफ्नो बाध्यता रहेको राउतले बताएका थिए

प्रकाशित : बुधबार, जेठ ०९, २०७५११:५५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

तस्करलाई संरक्षण दिने प्रहरीको नाम दिनुस्, ‘म तत्काल एक्सन लिन्छु’- गृहमन्त्री थापा