तत्कालीन नेकपा एमालेको केन्द्रीय कमिटीबाट को- कसलाई गरियो आउट ? नामसहित

Leaderboard Banner

काठमाडौं । तत्कालीन नेकपा एमालेले आफ्नो पार्टीका तर्फबाट केन्द्रीय कमिटीमा रहेका दुई नेतालाई नवगठित नेकपाको केन्द्रीय कमिटीबाट हटाइएको छ । त्यसैगरी अन्य केही नेता भने पदीय जिम्मेवारीको कारणले गर्दा केन्द्रीय कमिटीबाट बाहिरिएका छन्।

एमालेले केन्द्रीय सदस्यबाट राधाकृष्ण मैनाली र रुपनारायण श्रेष्ठ नेकपाको केन्द्रिय सदस्यमा परेनन्। नेकपाको केन्द्रीय सदस्यबाट हटाईएका मैनालीमाथि पहिले नै कारवाही गरिएको थियो। उनले आफ्नो आत्मकथामा केपी शर्मा ओली, माधव नेपाल लगायतका नेताहरुमाथि विभिन्न खालका लान्छाना लगाउँदै लेखेको आरोप कारवाही गरिएको हो। मैनालीलाई कारवाही गर्न नेता माधवले एमालेको स्थायी कमिटी बैठकमै माग गरेका थिए।

त्यसैगरी रुपनारायण श्रेष्ठमाथि पनि मोरङको स्थानीय चुनावमा आर्थिक मामिलामा कमजोरी गरेको आरोपमा कारवाही प्रक्रिया चलिरहेको छ। साबिक केन्द्रीय कमिटीमा रहेकामध्ये गणेश तिमल्सिना राष्ट्रियसभा अध्यक्ष भएका कारण राजीनामा दिएका थिए ।

महान्यायाधिवक्ता अग्नि खरेल, प्रतिनिधिसभा उपसभामुख शिवमाया तुम्बाहम्फे र प्रदेश ३ का सभामुख सानु श्रेष्ठले पनि पदीय जिम्मेवारीका कारण राजीनामा हुन ।

प्रकाशित : मङ्गलबार, जेठ ०८, २०७५१८:३८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

पार्टी एकताबारे नेकपाका केन्द्रीय कार्यालय सदस्य वामदेव गौतमले दिए यस्तो अर्थपूर्ण अभिव्यक्ति