पार्टी एकताबारे नेकपाका केन्द्रीय कार्यालय सदस्य वामदेव गौतमले दिए यस्तो अर्थपूर्ण अभिव्यक्ति

Leaderboard Banner

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी( नेकपा) केन्द्रीय कार्यालय सदस्य वामदेव गौतमले गठबन्धनको ऐतिहासिक एकताले मुलुकको विकास र जनताको समृद्धिका लागि सहयोग पु¥याउने विश्वास व्यक्त गरेका छन् ।

युवा संघ नेपालको नवनिर्वाचित तथा पुनः गठित कमिटीलाई शपथग्रहण गराउनका लागि आज आयोजित कार्यक्रममा उनले एकतालाई मजबुत बनाउन उक्त गठबन्धनका विभिन्न जनवर्गीय संगठन तथा त्यसका नेतृत्वको योगदान तथा सहयोगको अपेक्षा गरे ।

केन्द्रीय कमिटी सदस्यहरु महेश बस्नेत, दिलु पन्त र निरज आचार्यले गठबन्धनको एकता जनताको चाहना र समयको माग भएको बताउँदै यसले मुलुकलाई स्थायित्व र प्रगतिका लागि अवसर प्रदान गरेको बताए । उनीहरुले उक्त संगठनले अब वाइसिएलसँग एकता गरी युवा सशक्तीकरणका लागि भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए ।

संघका अध्यक्ष रमेश पौडेलको अध्यक्षतामा बसेको संघको बैठकले एकता अगाडि संगठनअन्तर्गतका कुनै पनि कमिटी गठन तथा पुनः गठन जगरिने निर्णय गरेको महासचिव नरेश शाहीले जानकारी दिए ।

प्रकाशित : मङ्गलबार, जेठ ०८, २०७५१८:५२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

सुनकाण्डमा हईप्रोफाईल नेता या कर्मचारी जो-जो संलग्न भए पनि छोडिन्न – मन्त्री पण्डित