काठमाडाैं । मंगलबार ३८ क्वीन्टल सुन तस्करीका मुख्य अभियुक्त भनिएका चुडामणि उप्रेती ‘गोरे’ राजधानी काठमाडौंमा रहेको उनको घर नजिकबाट पक्राउ गरेको सुन तस्करीको छानविन समितिले बताएको छ ।
मंगलबार दिउँसो साढे १२ बजे गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा बसेको छानविन समितिले पत्रकार सम्मेलन गरी गोरे पक्राउ परेको जानकारी दिएको हो। पत्रकार सम्मेलनमा छानबिन समितिले दिएको जानकारी अनुसार गोरे काठमाडौं आएको सूचनाका आधारमा पछ्याउदै जाने क्रममा उनको घर रहेको काठमाडौँको गौरीघाट आसपास क्षेत्रबाट पक्राउ परेका हुन् । गोरे विहान करिव ५ः ३४ बजेतिर पक्राउ परेका थिए ।
काठमाडौँमा पक्राउ परेका गोरेलाई यतिबेला मोरङ जिल्ला अदालत लाने तयारी भैरहेको छ।
कसरी पक्राउ परे गोरे ? पत्रकार सम्मेलनको भिडियो: