हकी स्वभावका वामदेवले अब पाउने भए यति ठूलो सरकारी जिम्मेवारी: ओली र प्रचण्डको पूर्ण समर्थन

Leaderboard Banner

काठमाडौँ । नवनिर्मित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली नेता तत्कालिन वाम गठबन्धनका मुख्य शुत्रधार वामदेव गौतमलाई सरकारले एउटा महत्वपूर्ण जिम्मेवारी दिने तयारी गरेको छ ।

प्रधानमन्त्री एवं नेकपाक अध्यक्ष केपी शर्मा ओलीले नेता गौतमलाई  नेपाल सरकारको विकास निर्माण प्राधिकरणको जिम्मेवारी दिन लागेको बुझिएको छ। विकास र सम्वृद्धिको नारा लिएको नेकपा सरकारले निकट भविष्यमै शक्तिशाली विकास निर्माण प्राधिकरण गठन गर्ने भएको हो ।

तत्कालिन नेकपा एमालेका उपाध्यक्ष समेत रहेका गौतमले गत निर्वाचनमा बर्दियाबाट चुनाव हारे यता भूमिका बिहिन छन् उसो त हकी स्वभाव भएका उनको पार्टीमा पनि कुनै परिभाषित जिम्मेवारी भएको अवस्थामा उनले रुची दिखाए अनुसर उनलाई विकास र समृद्धिको क्षेत्रमा जिम्मेवारी दिन लागिएको हो । गौतमले अब प्रधानमन्त्री ओलीले कार्यकारी नेतृत्व दिने गरी प्राधिकरणको जिम्मेवारी लिने भएका छन्।

यससँगै ओलीसँगै पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सिंगो पार्टी नै गौतमलाई प्राधिकरणको जिम्मेवारी दिन सहमत भएको बताइएको छ।

प्रकाशित : मङ्गलबार, जेठ ०८, २०७५१०:३३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

को को परे नेकपाको केन्द्रीय सदस्यमा ? [ नामावालीसहित ]